कभर स्टोरी अन्तरवार्ता भिडियो

फेसबुके प्रेमले बनायो जीवन बर्बाद (भिडियोसहित)

फेसबुके प्रेमले बनायो जीवन बर्बाद (भिडियोसहित)

काठमाडौं । दुई वर्ष अघि सुनिता काफ्ले ‘२८’ सिंगापुरमा थिइन् । अनविटन समीर नामक फेसबुक आइडीबाट उनलाई फ्रेन्ड रिक्वेस्ट गयो । उनले स्वीकार गरिन् । फेसबुकमा अनविटन समीर भनिने भैरहवाका समीर हुसैन मुसलमान रहेछन् । दुवैले एक अर्कोसँग फेसबुकमा कुराकानी गर्न थाले । आत्मियता बढ्दै गयो । त्यसको केही समयपछि सुनिता नेपाल आइन् । समीरसँग भेट भयो । उनीहरु प्रेममा परिसकेका थिए । 

 

धर्मले दुईलाई रोक्न सकेन । भेटकै क्रममा समीरले सुनितालाई औपचारिक  प्रेम प्रस्ताव गरे । सुनिताले बाबुको उपचारमा व्यस्त छु भनिन् । त्यो क्रममा सुनिताका पिताको स्वर्गवास भयो । समीरसँग फेरि भेट भयो । समीरले फेरि सम्बन्धमा बस्न आग्रह गरे । सुनिताले पनि स्वीकार गरिन् । 


विस्तारै माया गाढा हुँदै गयो । धेरै गाढा माया हुँदा मन मात्रै साटिएन तन पनि साटियो । सुनिताको दावीअनुसार उनीहरुले दक्षिणकाली मन्दिरमा गएर विवाह गरे । यद्यपि समीर पिताले उनीहरु व्यापारिक पार्टनर मात्रै रहेको जानकारी दिएका छन् । 

 

‘विवाह’ पछि दुवै सँगै बस्न थाले । सुनिताका अनुसार हनिमुनका लागि नगरकोट गए । मुक्तिनाथसम्म संस्कारगत कामका लाग पुगे । डिजी हब भन्ने कम्पनीमा समीर संलग्न थिए । सिंगापुर हुँदै सुनिताले समीरलाई पैसा पठाइन् । डिजी हबमा पार्टनर छुट्टिए । 

सुनिता काफ्ले र समीर

त्यसपछि सुनिता र समीर ढल्कुमा रहेको अपार्टमेन्टमा बस्न थाले । सुनिताले पनि बुढानिलकण्ठमा रहेको घर छाडिन् । आमा बाबु गुमाइसकेकी सुनितालाई पनि कसैको जरुरत थियो । उनले समीरसँगै अपार्टमेन्टमा बस्न थालिन । सुनिताको भनाइअनुसार उनीहरु त्यो अपार्टमेन्टमा दुई वर्ष बसे । छिमेकीहरुले उनीहरुलाई पतिपत्नीकै रुपमा चिन्ने गर्थे । 

 

त्यही रहँदै दुवैले ‘वस्त्र नेपाल’ नामक अर्को फर्म खोलेर व्यापार गर्न थाले । त्यो व्यापारले पनि सुनितालाई डुबायो । त्यहाँ सुनिताको ५०– ६० लाख डुब्यो । सुनिताले सम्बन्ध पतिपत्नीको भए पनि विवाह दर्ता भएको थिएन । उनले विवाह दर्ता गर्न दबाब दिइन् । तर समीरले मानेनन् । समीरले आफ्ना साथीहरुलाई ‘सुड्डीलाई पट्याएको छु, भन्दै मेसेज पठाएको देखिन् ।’ त्यसपछि समीरले सुनितालाई छाडेर भैरहवा गए । सुनितालाई छाडे । 

 

त्यसपछि सुनिता कानुनी उपचारतर्फ लागिन् । त्यो भन्दाअगाडि गौशाला प्रहरीमा उजुरी लिएर पुगिन् । समीरसँगको मायाप्रेमको तस्वीरुहर सुनिताले सार्वजनिक गरिन् । प्रहरीले त्यस्ता तस्वीर देखेपछि समीरलाई दबाब दियो । 

 

त्यसपछि नयाँबजार प्रहरीमा उनीहरुबीच छलफल भयो । महिला सेलमा भएको छलफलमा समीरले सुनितालाई श्रीमती भएको मौखिक स्वीकार गरे । तर पनि विवाह दर्ता हुन सकेन । किनभने त्यसपछि समीर भागे । 

 

सुनिताको भनाइअनुसार समीरसँगको सम्बन्धका कारण उनको करिब १ करोड सकियो । उनीसँग अहिले पनि आफ्नो लागि पुग्ने सम्पत्ति छ । समीरले धोका दिएको दावी सुनिताको छ । अब उनले समीरको पत्नी कायम र अंशमुद्धाको दावी गर्दै आएकी छन् ।


यससम्बन्धमा समीरका पिता साहेब हुसैनले यसबारे बोल्दै भने, ‘यो विषय कानुनी मामिला बनेको छ । समीर र सुनिता बिजनेस साझेदार हुन् । पतिपत्नी होइनन् ।’

सुनिता काफ्ले समीर पतिपत्नी

विशेष