अपराध सुरक्षा मुख्य समाचार

‘गोरे’सँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ

‘गोरे’सँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ

विराटनगर । साढे ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेसँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ परेका छन् ।

 

 मोरङको उर्लाबारी नगरापलिाका–२ का ३८ वर्षीय रेवत भनिने रेवन्तकुमार आचार्यलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । 

 

उच्च प्रहरी स्रोतका अनुसार उनलाई गोरेको बयानका आधारमा सनम शाक्यको हत्याका लागि ब्याट्रि र तार उपलब्ध गराएको तथा सुन तस्करीमासमेत संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ गरिएको हो ।  उनलाई जिल्ला प्रहरी कार्यालयका मोरङको हिरासता राखिएको छ । 

 

 आचार्यले सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीसहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तारहरु उपलब्ध गराएको आरोप लगाइएको छ । उनी फरारको सूचीमा रहेका ३१ जनाभित्रका व्यक्ति भने नरहेको प्रहरीले जनाएको छ । 

 

 सनम शाक्यको शव भेटिएको गाडीमा करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तारहरु पनि बरामद भएको थियो । जिल्ला अदालत मोरङले बिहीबार मात्रै फरार रहेका ३१ जनाको नाममा म्याद जारी गरिने जनाएको थियो । याे खबर अाजकाे अन्नपूर्णपाेष्ट दैनिकबाट ।

३३ किलो सुनकाण्ड पक्राउ सनम हत्याकाण्ड चुडामणि उप्रेती

विशेष