अनमोलकाे डुप्लीकेटले श्रृष्टीसँग गरे रोमान्स

काठमाडाैं । केही समय अगाडि एक यूवा सामाजिक संजाल र युटुबमा भाइरल भए । जसकाे नाम हाे अभिषेक श्रेष्ठ । नायक अनमोल केसी जस्तै देखिने भनेर उनको चर्चाकाे शिखरै बन्याे । नृत्यमा पोख्त अभिषेक झट्ट हेर्दा अनमोल जस्तै देखिन्छन् ।
उनै, अभिषकले म्यूजिक भिडियोमा मोडलिङ पनि गरिरहेका छन् । उनले, मोडलिङ गरेको एक गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ ।
दाउत रार्इ(विकेन्द्र)’को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडिोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।
भिडियोलाई रोमान्टिक शैलीमा निशानले तयार गरेका छन् । अभिषेक र श्रृष्टीको जोडी पनि भिडियोमा गज्जबले सुहाएको छ ।
अनमोलकाे डुप्लीकेट मनोरञ्जन