बन्ने भयाे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । सरकारले ८० वर्ग किलोमिटर क्षेत्रमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको विमानस्थल निर्माणका लागि पहिलो आवश्यतामा रहेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावण मन्त्रालयले स्वीकृति गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत चैत १४ गते नेपाल नागरिक उड्डयन प्राधिकरण प्रस्तावक रही पेस गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बुधबार स्वीकृति भएको राष्ट्रिय गौरव आयोजनका प्रमुख प्रदीप अधिकारीले जानकारी दिए।
प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतसँगै विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने बाटो खुला भएको अधिकारी बताउँछन्। ‘प्रतिवेदन स्वीकृत भएपछि विमानस्थ निर्माणस्थल रहेको वन कटानी, पहुँच मार्ग निर्माण, जग्गाको मुआब्जा वितरण र पुनर्वासको काम गर्न फुकुवा भएको छ’, अधिकारीले भने, ‘२४ हजारभन्दा बढी रुख कटानीका लागि भने क्याविनेटस्तरीय निर्णय आवश्यक पर्छ।’ वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृति भएपछि गरिने कामका लागि पनि न्यूनतम दुई वर्षको समय लाग्ने आयोजाले जनाएको छ।