स्वास्थ्य

ब्लड प्रेसर लो हुनेले अपनाउनुपर्ने उपायहरु :

ब्लड प्रेसर लो हुनेले अपनाउनुपर्ने उपायहरु :

काठमाडौ। उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाहा नहुन सक्छ । तपाईं वा तपाईंका कोही आफन्तजन न्यून (९०र६०) वा थोरै छ भने निम्न तरिका अपनाउन सक्नुहुन्छ ।

 


मदिरा त्याग्ने र पानी बढी पिउने

मदिरा पिउँदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सी पिउँदा तपाईंको प्रेसर एमएमएचजीले वृद्धि हुन्छ । तर, न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस् ।अत्यधिक अल्कोहलको मात्राले डिहाइडे«सन ल्याउँछ र झन् रक्तचापको मात्रा घट्छ । बरु पर्याप्त मात्रामा पानी पिउनुहोस् ताकि रक्त प्रवाह सशक्त र तीव्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट केही जोगिन सकिन्छ ।

 


नुनको मात्रालाई अनुगमन गर्नुहोस्

रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ । तर, रक्तचाप कमी भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापि उपयुक्त होइन । नुनको मात्रा वृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउँछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउँछ ।

 

चिकित्सकले सुझाव दिएको दैनिक दुईदेखि तीन एमजी नुनमात्र प्रयोग गर्नुपर्छ । यदि चिकित्सकले नुनको मात्रा बढाउन सल्लाह दिएका छन् । अन्य नुनिलो खान वा सुपमा यो मात्रा बढाउनुहोस् ।

 


आकस्मिक शारीरिक गतिविधि त्याग्नुहोस्

आँखा धमिलो देखिनु र टाउको हल्का हुन न्यून रक्तचापका लक्षण भएकाले शरीरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी पु¥याउनुहोस् । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । झटपट उठ्दा रक्तचाप न्यून भएका बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ । तसर्थ, उभिनुभन्दा अगाडि पाइताला र खुट्टालाई हल्का दबाउनुहोस् । ओछ्यानबाट उठ्नुअघि पनि ओछ्यानमा केही सेकेन्ड बसेर मात्र उभिनुहोस् ।

 


उच्च कार्बोहाइड्रेडयुक्त खाना कम खानुहोस्

 न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाव दिइँदैन । कार्बोहाइड्रेडयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ ।

 

तातोपानी र स्टिम नलिनुहोस्

लामो समयसम्म तातोपानीले नुहाउँदा वा बाफ लिँदा आँखा धमिलो हुने र हल्का टाउको दुख्छ । तसर्थ, आरामदायी बाथ ट्युबमा सुतेर तातोपानीले ननुहाउनुहोस् । बरु, यसको सट्टा कुर्चीमा बस्नुहोस् । सकभर कुर्चीमा बसेर नुहाउनुहोस् । कुर्चीबाट उठ्दा पाइताला तथा खुट्टालाई एकपटक हल्का दबाएर मात्र उठ्नुहोस् ।

 

बारम्बार खाना खानुहोस् स् रक्तचाप न्यून भएका मानिसमा खानापछि हाइपर टेन्सन वा आँखा धमिलो हुने समस्या भएकाले एकैपटक धेरै खाना नखानुस् । बरु हरेक दुई, दुई घन्टामा थोरै थोरै खानुहोस् । एजेन्सी

रक्तचाप

विशेष