देश

जुवातास खेल्दाखेल्दै १ महिलासहित १४ जना पक्राउ, ५० हजार बरामद

जुवातास खेल्दाखेल्दै १ महिलासहित १४ जना पक्राउ, ५० हजार बरामद

म्याग्दी । सदरमुकाम बेनीमा प्रहरीले विभिन्न तीन स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालार्इ पक्राउ गरेकाे छ । बिहीबार छापा मार्ने क्रममा प्रहरीले एक महिला सहित १४ जनालार्इ ५० हजार सहित पक्राउ गरेकाे हाे ।

 

सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै पक्राउ गरेकाे बताइएकाे छ । बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याललार्इ पक्राउ गरिएकाे प्रहरीले बतायाे ।

 

यस्तै ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, मनोज पुन र टीका पुनलार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।

 

साथै केन कार्कीको घरबाट खड्कबहादुर गर्बुजा, वीरबहादुर शेरपुञ्जा, सिकिन्दरबहादुर बानियाँ, विजय शेरपुञ्जा र केन कार्की पक्राउ परेका हुन् । पछिल्लाे समय म्याग्दी प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, घरेलु मदिरा नियन्त्रण एवं न्यूनीकरण कार्यक्रमलाई तिब्र बनाएकाे छ ।

 

पक्राउ म्याग्दी जुवातास

विशेष