मुख्य समाचार

सडकमा नेविसंघ, सरकार र पार्टी सभापतिविरूद्द यस्ताे अाक्राेश

सडकमा नेविसंघ, सरकार र पार्टी सभापतिविरूद्द यस्ताे अाक्राेश

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघ काठमाडौं जिल्ला समितिले प्रदर्शन गरेका छ । कांग्रेसको भातृ संगठन नेविसंघका नेताता-कार्यकर्ताहरुले सभापति देउवालाई विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खबरदारी गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेका हुन्  ।

 

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा रामचन्द्र पाैडेल र कृष्णप्रसाद सिटाैला समुहका नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्लेलगायत सहभागी थिए ।


कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए । 


यस्तै आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा पनि लगाएका थिए ।

नेविसंघ अान्दाेलन देउवा सरकार

विशेष