मुख्य समाचार

सम्पत्ति विवरणमाथि उठेकाे प्रश्नमा लालबाबुले दिए यस्ताे उत्तर

सम्पत्ति विवरणमाथि उठेकाे प्रश्नमा लालबाबुले दिए यस्ताे उत्तर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको बताएका छन् । 

 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका  हुन्  । २०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गानै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न उनले आग्रह गरे । 

 

हालै सार्वजनिक सम्पति विवरणमा मन्त्री पण्डितको बैँक ब्यालेन्समात्रै ५५ लाख रहेको तर साइकल मात्र सम्पति देखाएको भन्दै आलोचना बढेपछि शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई छ। 

 

मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिना भित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दावी समेत गरे।

 

स्थानीय, प्रदेश र  केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको पनि उनले बताए।  संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितले आपत्ति  जनाए। 
 

लालबाबु पण्डित सम्पत्ति विवरण

विशेष