धरहरा आसपासका रेष्टुरेण्ट र टहरा डोजर चलाएर हटाइयाे (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा आसपासमा रहेका रेष्टुरेण्ट र टहरा हटाए हटाएको छ। शनिबार डोजर तथा सुरक्षाकर्मीको प्रयोग गरी महानगरले धरहरा क्षेत्रभित्र रहेका सबै रेष्टुरेण्ट र टहरा हटाएको हो।
२४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिएपनि अटेर गरेको भन्दै नगर प्रहरीले शनिबार दिउँसो हस्तक्षेप गरेको हो । धरहरा पुनर्निर्माणका लागि टेण्डर आहृवान गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २६ वैशाखमा सरोकारवालाको बैठक राखेर त्यस क्षेत्रमा रहेका संरचना १५ दिन भित्र हटाउन भनेको थियो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पसँगै धरहरा सञ्चालनका लागि साइड वार्कस ट्रेडर्स प्रालिसँग भएको सम्झौता खारेज भइसकेको जनाउ दिँदै महानगरले शुक्रबार २४ घण्टाभित्र धरहराको क्षेत्र खालि गर्न अल्टिमेटम दिएको थियो।