मनोरञ्जन

इरफान खानकाे स्वास्थ्यमा सुधार, फिल्ममा कमब्याक हुनसक्ने

इरफान खानकाे स्वास्थ्यमा सुधार, फिल्ममा कमब्याक हुनसक्ने

एजेन्सी । केही महिनायता क्यान्सरकाे संक्रमण देखिएपछि उपचाररत बलिउडका प्रभावशाली अभिनेता इरफान खानको स्वास्थ्यमा सुधार भएको छ। यससँगै उनलार्इ फिल्ममा कमब्याक गराउन खाेजिएकाे पनि छ ।

 

निर्देशक सुजित सरकारले इरफानको स्वास्थ्य सुधारको खबर दिँदै उनलाई आफ्नो ड्रिम प्रोजेक्टमार्फत कमब्याक गराउन लागेको जानकारी दिखएका हुन् ।

 

सुजितले भारतीय मिडियाहरूसँग कुरकानी गर्दै इरफानको स्वास्थ्य पूर्ण रुपमा सुधार घएको र उनलाई आफ्नो बायोपिक चलचित्रमा शीर्ष भूमिकासहित कमब्याक गराउन लागेको घाेषणा गरेका हुन् । साथै सरकारले यो आफ्नो सबैभन्दा ठूलो प्रोजेक्ट भएको बताएका छन्। इरफानले यसअघि सुजित सरकराको ‘पिकु’मा काम गरिसकेका थिए ।

 

अभिनेता इरफान खानले अाफूलार्इ दुर्लभ रोग ‘न्युरो इन्डोक्राइन ट्युमर’ भएको आफैले सार्वजनिक गरेका थिए । स्वास्थ्यमा सुधार अाएकाे खबरसँगै उनका प्रशंसकहरूले शुभकामना दिँदै नयाँ फिल्म हेर्न अातुर रहेकाे पनि बताएका छन् ।

 
 

 

बलिउड इरफान खान स्वास्थ्य सुधार

विशेष