अपराध सुरक्षा मुख्य समाचार

गोरेको बयान सकियो, थुनछेक बहस सुरु

गोरेको बयान सकियो, थुनछेक बहस सुरु

मोरङ । ३८ सय किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार चूडामणि उप्रेती 'गोरे'सँगकाे बयान सकिएको छ।जिल्ला अदालत मोरङमा आइतबार दिउँसो ३७ पृष्ठको बयान कार्य सकिएको हो ।

 

गत मंगलबार अदालतमा उपस्थित गराइएका उप्रेतीको बयान कार्य चार दिनपछि सकिएको हो । गत बुधबार पहिलो पटक बयान लिने क्रममा ५ पृष्ठ, विहीबार ११ र शुक्रबार ११ पृष्ठको बयान कार्य सकिएको थियो। आइतबार १० पृष्ठको बयान लिइएको हो।  बयानकै क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो ।

 

बयानकार्य सकिएसँगै थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसका क्रममा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता पुण्य प्रसाद पाठकले बहस गर्दैछन्। त्यसैगरी प्रतिवादीको तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गर्दैछन्।

 

यस घटनाको जिल्ला अदालत न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासमा बहस जारी रहेको छ। उउप्रेतीमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

 

 

हत्या प्रकरण साढे ३३ किलो चूडामणि उप्रेती गोरे

विशेष