आईपिएलको उपाधि भिडन्त हुँदै, चेन्नईले टस जितेर फिल्डिङ रोज्यो

नयाँ दिल्ली । ११ औं इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधिका लागि चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ।मुम्बइको वाङखडे रंगशालामा चेन्नईले टस जितेर फिल्डिङ रोजेको छ ।
चेन्नई तेस्रो पटक र हैदराबाद दोस्रोपटक उपाधि जित्ने प्रयाशमा छ। चेन्नई पहिलो प्लेअफमा हैदरावादलाई नै हराउँदै फाइनलमा प्रवेश गरेको हो भने हैदराबाद क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै फाइनल पुगेको हो ।
चेन्नईले सन् २०१० र २०११ तथा हैदराबादले सन् २०१६ को संस्करण जितेको थियो।
आईपिएल चेन्नई सुपर किङ्स महेन्द्रसिंह धोनी उपाधि भेड्न्त सनराइजर्स हैदराबाद रसिद खान