मुख्य समाचार

नेकपा प्रदेश ३ संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल सर्वसम्मत चयन

नेकपा प्रदेश ३ संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल सर्वसम्मत चयन

हेटौंडा । प्रदेश ३ मा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन् । आइतबार बिहान हेटौंडामा बसेको नेकपाको संसदीय दलको बैठकले पौडेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

 

पौडेललाई दलको नेता चयनका लागि तत्कालिन एमालेका प्रमुख सचेतक रामेश्वर फुयालले प्रस्ताव र तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन गरेका थिए ।

 

संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका विषयमा सोमबार बस्ने बैठकले निर्णय गर्ने बताइएको छ । पौडेल यसअघि नेकपा एमालेका संसदीय दलका नेता थिए ।

 

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले नेकपाले प्रदेश ३ को करिब दुई तिहाई स्थान ओगटेको भन्दै अब प्रदेशको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

डोरमणि पौडेल प्रदेश ३ नेकपा संसदीय दलको नेता

विशेष