खेल

आईपिएलको फाइनल खेल अाज, उपाधिका लागि चेन्नई र हैदरावाद भिड्दै

आईपिएलको फाइनल खेल अाज, उपाधिका लागि चेन्नई र हैदरावाद भिड्दै

मुम्बई । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज अाइतबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।यसअघि चेन्नईले दुई तथा हैदरावादले एक पटक उपाधि जितिसकेका छन् । दुर्इ शिक्तशाली टीमकाे फाइनल खेललार्इ निकै चासाेका साथ हेरिएकाे छ ।

 

जारी प्रतियोगिताको लिग चरणको अंक तालिकामा हैदरावाद पहिलो र चेन्नई दोस्रो नम्बरमा थियो । यी दुई टिमबीच भएको पहिलो क्वालिफायरमा चेन्नईले हैदरावादलाई दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हाे ।

 

चेन्नईसँग पराजित भएपछि हैदरावादले फाइनलमा स्थान बनाउनका लागि कोलकाता नाइटराइडर्ससँग प्रतिश्पर्धा गर्नु परेको थियो । जारी प्रतियोगितामा चेन्नई र हैदरावाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनै पटक चेन्नई विजयी भएको थियो ।

 

आर्इपिएलमा अहिलेसम्म यी दुई टिमबीच ९ पटक प्रतिश्पर्धा भइसकेको छ । जसमा चेन्नईले ७ वटा खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ भने हैदरावादले दुईपटक मात्र चेन्नईलाई पराजित गरेको छ ।

 

फाइनल चेन्नइ अार्इपिएल हैदरवाद

विशेष