मुख्य समाचार सामाजिक सञ्जाल

खेलकुदमन्त्रीले रिबन काटेरै गोठ उद्घाटन गरिदिएपछि...

खेलकुदमन्त्रीले रिबन काटेरै गोठ उद्घाटन गरिदिएपछि...

काठमाडौं । नेताहरु मन्त्री बनेपछि व्यस्त हुन्छन् भन्ने सबैलाई थाहा छ । नीति–निर्माण तथा अन्य ठूला योजनामा भन्दा पनि उद्घाटन, शिलान्याश, भाषण, पिकनिक जस्ता झिना ससमिना काममै उनीहरुको धेरै दैनिकी बित्छ भन्ने पनि थाहा छ ।

 

मन्त्रीहरुले यसअघि पनि विभिन्न पसल, कार्यालयको उद्घाटन गरेको त सामान्य घटना हो ।

 

तर हालै एक मन्त्रीले एउटा यस्तो काम गरे जुन विषयलाई लिएर युवाहरुले सामाजिक संजाल तताएका छन् । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले एकजना किसानको गाइ गोठ उद्घाटन गरिदिएपछि धेरैले यसलाई ब्यंग्यको विषय बनाएका छन् ।

 

खासगरी कृषि मन्त्री वा सम्बन्धित निकायकै व्यक्तिले उद्घाटन गर्नुपर्नेमा खेलकुद मन्त्री, जो यस क्षेत्रमा असम्बन्धित छन्, उनले गोठ उद्घाटन गर्दा असोभनीय भएको भन्दै ट्वीटर तथा फेसबुकमै लेख्न थालिएको छ ।

 

केहीले भने मन्त्रीको कामको प्रशंसा नै गरेका छन् । पसल वा मन्दिरको उद्घाटन तथा पूजा गरेको भए ताली पिट्ने किसानको गाइ गोठ उद्घाटन गर्दा किन गाली ? भन्दै केहीले प्रतिवाद पनि गरे । धेरैजसोले भने सरकारको समृद्धि सपनासँग तुलना गर्दै मन्त्री विश्वकर्माको गोठ उद्घाटनलाई ‘समृद्धि ल्याउने बाटो’ भन्दै जिस्क्याएका छन् ।
 

गाेठ उद्घाटन खेलकुदमन्त्री जगत विश्वकर्मा

विशेष