अर्थ अपराध सुरक्षा मुख्य समाचार

कार्कीलाई गोली हानी रकम लुट्ने दुइ जना पक्राउ

कार्कीलाई गोली हानी रकम लुट्ने दुइ जना पक्राउ

धनगढी । धनगढीमा दिन दाहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीमा रहेको ग्लोवाल आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले अत्तरीयाबाट पक्राउ गरेको हाे ।

 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्ररी कार्यालय कैलाली ल्याई अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।
उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।

 

‘शकास्पद दुई जनालाई पक्राउ गरि कार्यालयमा ल्याएको छौ’ एसपी घिमिरेले भने, ‘पक्राउ गरेकाहरु नै गोली प्रहरा गर्ने हुन भन्ने खुलेको छैन। त्यसैले नाम अहिले नै सार्वजनिक गर्न मिल्दैन।’ लुटपाटमा संग्लनको पिछा गर्दै जाँदा अत्तरियामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

 

लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको पुरानो भन्सा रोड सब्‍जीमण्डीमा आईएमईका कर्मचारी कार्कीमाथि गोली प्रहार गरी सिदार्थ बैंकबाट झिकेको ९ लाख रुपैया लुटेर भागेका थिए।

 

घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको चिकित्सकहरुले सेती अञ्चल अस्पतालले जनाएको छ। सामान्य उपचारपछि घाइते कार्कीलाई रेफर गर्ने तयारी गरिएको छ।

धनगढी गोली पक्राउ निर्मल कार्की रकम लुट्ने

विशेष