अपराध सुरक्षा मुख्य समाचार

ढुंगेलको कैद मिनाहा नगर्न माग गर्दै बालुवाटारमा प्रर्दशन

सरकारले कैद मिनाह गरे अन्तराष्ट्रिय अदालत जाने चेतावनी

ढुंगेलको कैद मिनाहा नगर्न माग गर्दै बालुवाटारमा प्रर्दशन

 काठमाडौं । ज्यान मारेको अभियोगमा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेका छन् ।


सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८४० कैदीको बाँकी कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । कैद मिनाह पाउने यो सूचीमा ढंगेल पनि रहेको भन्दै द्वन्द्वपीडितहरुले विरोध गर्दै आएका छन् ।

 

ढुंगेललाई सरकारले आम माफी दिए न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जान आफूहरु बाध्य हुने द्वन्द्वपीडित सावित्री श्रेष्ठले बताइन् ।

 

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन ।

 

हत्या गरिएका उज्जनकी दिदी समेत रहेकी सावित्रीले सरकार सर्वोच्चको आदेश विपरित जान खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।

 

यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री भएको दुई महिनामै मन्त्रिपरिषदले २०६८ कात्तिक २२ मा उनलाई फैसला भएको कैद माफी गर्न सिफारिस गर्‍यो ।

 

त्यो निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्चले २०७२ पुस २३ गते ढुंगेलको कैद सजाय माफी मिनाहा नहुने निर्णय गरेको थियो ।

बालकृष्ण ढुंगेल बालुवाटारमा प्रर्दशन सावित्री श्रेष्ठ

विशेष