मुख्य समाचार

श्रममा पुगेका भट्टराई फेरि यातायातमै

श्रममा पुगेका भट्टराई फेरि यातायातमै

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँगको खटपटले श्रम मन्त्रालयमा सरुवा भएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई फेरि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।

 

भट्टराईले हिजो (आइतबार) नै संघीय मामिला तथा सामान्य प्रशासनले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमै यथावत राखेको पत्र दिएको जानकारी दिए। सामान्यले सार्वजनिक गरेको सह-सचिव सरुवाको सूचीमा भट्टराईको सरुवा श्रम मन्त्रालयमा भएको उल्लेख गरिएको थियो।

 

स्रोतका अनुसार भट्टराईलाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाउन नै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा ल्याइएको हो।

 

स्रोतले भन्यो, ‘ भट्टराईलाई यातायात क्षेत्रका बेथितिका बारेमा भएको जानकारी, महानिर्देशक हुदाँ उनले खेलेको भुमिका र उनको सरुवालाई लिएर भएको आलोचनाले भट्टराईलाई यातायात मन्त्रालयमा फर्काइएको हो।’

 

‘सिन्डिकेट अन्त्य गर्‍यो भनेर भट्टराईको ठूलो हाईहाई भएको थियो अब उनले सिन्डिकेटको व्यवस्थापन कसरी गर्छन् त्यो हेर्नु पर्छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो।

मन्त्री रघुवीर रुपनारायण भट्टराई

विशेष