अपराध सुरक्षा मुख्य समाचार

सर्वोच्चले मगायो ढुंगेलको कैद माफी सम्बन्धी सक्कल फाइल

ढुङ्गेललाई आममाफी बिरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

सर्वोच्चले मगायो ढुंगेलको कैद माफी सम्बन्धी सक्कल फाइल

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिने भनी गरिएका सिफारिसहरुको सक्कल फाइल पेश गर्न आदेश गरेको छ।

 

सर्वोच्चले भोलि कार्यालय समय सुरु हुने बित्तिकै महान्यायाधिवक्ता कार्यालय मार्फत गृह मन्त्रालयमा रहेका फाइल पेश गर्न आदेश दिएको हो। सर्वोच्चले सुनुवाइ भने हेर्दाहेर्दैमा राखेको छ।

 

न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले सजाय माफी दिने निर्णय गर्नुको आधार र कारण सरकारी पक्षले बहसमा पेश गर्न नसकेको भन्दै सक्कल फाइल हेर्ने निर्णय गरेको हो। 

 

सरकारले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका ढुंगेललाई माफी दिन लागेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । उक्त रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले भोलि मात्र निर्णय गर्ने भन्दै सक्कल फाइल मगाएको हो। 

 

सरकारले ढुंगेलसहित ८ सय ५० कैदीलाई कैदी माफी दिई गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ। त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूची समेत पठाइसकेको छ। 

 

उक्त कुरा सार्वजनिक भए लगत्तै सर्वोच्चमा रिट दर्ता भएको थियो। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारलाई छलफलमा बोलाएको थियो। 

 

बालकृष्ण ढुंगेल सर्वोच्च अदालत

विशेष