स्वास्थ्य

गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?

गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?

गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ । वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ । शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ । पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ ।

 

यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ । मुटुरोग विशेषज्ञका अनुसार तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या विशेषगरी हृदयघात बढिरहेको छ ।

 

यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ । बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ ।


गर्मी मौसममा स्वस्थ रहन उच्च रक्तचाप भएका मानिसले निम्न कुरामा ध्यान दिनुपर्छ । 

 

१.अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने   तत्काल ब्लड प्रेसर चेक गराउनुपर्छ। यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ । 

२. घाम चर्केको बेला बाहिर निस्कनुहुँदैंन। सकेसम्म घरभित्रै बस्नुपर्छ। निस्कनैपर्ने अवस्थामा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनुपर्छ । 


३. यदि मनोरन्जनका लागि घरबाहिर निस्कनु छ भने शपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता वातानुकुलित शान्त स्थानमा जानुपर्छ। 


४. यदि घर वातानुकुलित छैन भने दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ। सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैंन।

 
५. सा¥है गर्मी हुँदा नुहाउनुपर्छ । 


६. दिनभरिमा पटक–पटक तरल पदार्थ पिउनुपर्छ। चिया, कफी, मदिरा सेवनबाट बच्नुपर्छ । 


७. घरबाट निस्कँदा मोबाइल साथमै राख्नुपर्छ ताकि कुनै असहज, अप्ठेरो महसुस हुँदा परिवारका सदस्य, आफन्त तथा साथीभाइलाई फोन गर्न  सकियोस ।


८. उच्च रक्तचाप, कोलेस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले गर्मी मौसममा ध्यान दिनुपर्छ।

 
९. गर्र्मी मौसममा हृदयघातका घटना बढ्नुको कारण डिहाइड्रेसन हो । डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ । त्यसैले शरीर सुख्खा हुन नदिन सचेत रहनुपर्छ ।

गर्मी स्वास्थ्य मुटुरोग

विशेष