मुख्य समाचार

गुण्डा र तस्करहरुको दिनगन्ती सुरुः गृहमन्त्री थापा

'काममा आलटाल गर्ने ठेकेदारलाई छाेडिनन्'

गुण्डा र तस्करहरुको दिनगन्ती सुरुः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताएका छन् ।

 

चन्द्रागिरि नगरपालिका-२ लाई फ्री वाइफाइ वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको दिनगन्ती सुरु भएको बताएका हुन् ।

 

सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए ।

 

 ‘ अार्थिक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन । सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ’गृहमन्त्री बादलले भने ।

 

फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारवाही अघि बनाइसकेको भन्दै सरकार त्यतिकै नबस्ने बताए ।

रामबहादुर थापा बादल ठेकेदार गुण्डा र तस्कर

विशेष