खेल

वेस्ट इन्डिजविरुद्ध खेल्न सन्दीप भाेलि इङ्ल्यान्ड जाँदै

वेस्ट इन्डिजविरुद्ध खेल्न सन्दीप भाेलि इङ्ल्यान्ड जाँदै

काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछाने क्रिकेटको मक्का मानिने लर्ड्समा टीट्वेन्टी विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि मंगलबार इङ्ल्यान्ड जाँदैछन्।

 

सन्दीपले आईसिसी-११ बाट खेल्नेछन्। आईसिसी-११ र वेस्ट इन्डिजबीचकाे खेल मे ३१ तारिखमा हुने छ। क्यारेबियन क्षेत्रमा आँधिका कारण भत्किएका रंगशालाको संरचना पूनर्निर्माणका लागि आईसिसीले च्यारिटी खेलको आयोजना गर्न लागेको हो।

 

सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आईसिसी-११ टोलीमा सन्दीपलाई समावेश गरिएको थियो। इन्डियन प्रिमियर लिग-आईपिएलमा सन्दीपले डेब्यु गरेलगत्तै उनलाई उक्त टोलीमा समावेश गरिएको थियो।

 

सन्दीपले खेल्ने आईसिसी-११ टोलीमा रसिद खान, साहिद अफ्रिदीजस्ता होनाहार बलर पनि रहेका  छन्।

सन्दीप लामिछाने इङ्ल्यान्ड आईसिसी

विशेष