अागामि १० वर्षलाई उर्जा दशकको रुपमा मनाइने
काठमाडाैं । सरकारले अबको १० वर्षलाई उर्जा दशकको रुपमा मनाई विभिन्न आयोजनाहरू सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ०७५–०८५ साल को अवधीलाई उर्जा दशकको रुपमा मनाई आयोजनाहरू कार्यान्वय गरिने बताएका छन् ।
आगामी ३ वर्षमा सबैको घरमा आधुनिक उर्जा र ५ वर्ष भित्र सबै परिवारलाई माग बमोजिमको विद्युत उपलब्ध गराउने बजेट घोषणा गरेका हुन् । बजेटमा जलविद्युत र सबै प्रकारको नविकरणिय उर्जाको विकास तथा विस्तारमा जोड दिने कार्यक्रम रहेको छ ।
प्रत्येक प्रदेशमा बहुउदेश्यिय जलुविद्युत आयोजना सञ्चालन हुनेगरी तमोर, कन्काई, उत्तर गंगा, नौमरे,सुनकोशी, दोस्रो र तेस्रो कालिगण्डकी तथा नलगाडको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।
बजेट घोषणा युवराज खतिवडा उर्जा दशक