खेल मुख्य समाचार

विश्व ११ बाट क्रिकेट खेल्न सन्दिप आज इंग्ल्याण्ड जाँदै

विश्व ११ बाट क्रिकेट खेल्न सन्दिप आज इंग्ल्याण्ड जाँदै

काठमाडाैं। वेष्ट इण्डिजबिरुद्धको च्यारिटी क्रिकेट खेलका लागि विश्व ११ को टोलीमा परेका नेपाली युवा स्पिनर सन्दिप लामिछाने आज इंग्ल्याण्ड जाँदैछन् ।

क्यारेवियन क्षेत्रमा यसैवर्ष आएको दुई आँधीमा परी प्रभावित भएकाहरुको सहयोगका लागि इंग्ल्याण्डको लर्डस् मैदानमा आउँदो बिहीबार च्यारिटी टि २० खेलको आयोजना गरिएको हो ।


आईपीएल खेल्ने पहिलो नेपाली बनेका सन्दिपले विश्व ११ जस्तो प्रतिष्ठित टिममा पर्ने पहिलो खेलाडी हुन् ।च्यारिटी खेलका लागि वेष्ट इण्डिजको कप्तानी कार्लोस ब्रेथवेइटले गर्नेछन् भने विश्व ११ को कप्तानी इंग्लिस खेलाडी ओइन मोर्गानले गर्नेछन् ।


१७ वर्षीय सन्दीप विश्व ११ का कान्छा खेलाडी हुन् । विश्व ११ टिममा इयान मोर्गन (कप्तान), साहिद अफ्रिदी, तमिम एकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने हुनेछन् । वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन् ।


त्यसो त आईपीएलमा देखाएको प्रदर्शनकै कारण सन्दीपले विश्व ११ मा छनोट हुने मौका पाएका हुन् । आइपीएल खेलेर स्वदेश फर्किएसँगै लगातार सम्मानित हुँदै आएका सन्दीपले आईपीएलमा जम्मा तीन खेलमा मात्रै मैदानमा उत्रिने मौका पाएका थिए । उक्त तीन वटा खेलमा उनले महत्वपूर्ण पाँच विकेट लिन सफल भएका थिए ।

सन्दीपले विश्व ११ मा पनि राम्रो प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन् ।

सन्दिप लामिछाने इंग्ल्याण्ड वेष्ट इण्डिज च्यारिटी क्रिकेट खेल

विशेष