मुख्य समाचार

गणतन्त्र नेपाली नागरिकको विजयको दिनः प्रधानमन्त्री अाेली

'अशान्ति र अस्थिरताका क्रियाकलाप मान्य नहुने'

गणतन्त्र नेपाली नागरिकको विजयको दिनः प्रधानमन्त्री अाेली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सबै नेपाली नागरिकको विजयको दिन भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई संबोधन गर्दै उनले साे कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री अाेलीले भने,' हिजाे शासनमा कुनै वंश विशेषको मात्र अधिकार रहने व्यवस्था थियाे । त्यसलार्इ लामाे संघर्षबाट हटाएर नागरिकका प्रतिनिधिले शासन गर्ने व्यवस्था सुरु हुनु आम नागरिकको नै जित हाे ।'

 

शासक संविधानभन्दा माथि हुने परम्परा अन्त्य गर्दै जनता सार्वभौम हुन् र सार्वभौमसत्ता जनतामा मात्र निहीत छ भन्ने प्रत्याभूति आजको दिनले गराएको प्रधानमन्त्री ओलीको भनाइ थियाे।

 

उनले भने,'लोकतान्त्रिक गणतन्त्र उच्च विचार मूल्य मान्यता दर्शनबाट प्रेरित छ । यो कसैले उपहार दिएको हाेइन् । आफैँ लडेर स्थापित गरेको विधि र प्रणाली हाे ।'

 

सरकार विकास, सम्बृद्धि र स्थिरताको मूल मार्गमा अघि बढीरहेकाले सुशासन र विकासकालागि असान्दर्भिक हिजोका थिति कानुन र संरचना हटाएर संशोधन र रुपान्तरित गर्दै सरकार अघि बढीरहेको प्रधानमन्त्री अाेलीले प्रष्ट पारे।


उनले भने,' सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएकाे छ । छिमेकीसँगको सम्बन्ध र सहकार्यमा थप अनुकुलता मिलेकाे छ । यसले देशलाई सम्वृद्धिको यात्रामा अघि बढाउन सजिलो भएको महसुस गरेकाे छु ।'

 

अशान्ति र अस्थिरताका क्रियाकलाप उचित नहुने भन्दै प्रधानमन्त्री ओलीले सबैलाई राष्ट्रिय मूल धारमा आउन आग्रह पनि गरे ।

प्रधानमन्त्री अाेली  गणतन्त्र दिवस

विशेष