ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा
‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के ?'

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले कैद मिनाहा गरि रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ।
ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।
ढुंगेलको रिहाइले कानुनी राज्यको उपहास भएको उनले बताएका छन् । ‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के ?’, महरले भने, ‘देशलाई अस्तव्यस्त बनाउने खालका कृयाकलाप कदापी स्वीकार्य हुँदैन।’
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल आज रिहा भएका छन्। सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलसहित ८ सय ४० कैदीको बाँकी कैद मिनाहा गरेकाे हाे ।