मुख्य समाचार प्रदेश ७

जीप दुर्घटनामा परि वडाध्यक्षसहित ४ जनाको मृत्यु, ७ घाइते

जीप दुर्घटनामा परि वडाध्यक्षसहित ४ जनाको मृत्यु, ७ घाइते

डडेल्धुरा । डडेल्धुरामा गन्यापधुरा गाउँपालिका-२ को गजरौलामा मंगलबार बिहान जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ ।


डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहितचार जनाको मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल-सिलगढी नगरपालिका-४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका-२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।

 

११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

 

घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार यादव , आर्दर्श गाँउपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा रहेका छन् ।

 

दुर्घटनामा परी घाइते मध्ये गम्भीर तीनजनालाई धनगढी रेफर गरिएको छ । अन्य चारजनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेका प्रहरी जानकारी दिएको छ ।

४ जनाको मृत्यु डडेल्धुरामा जीप दुर्घटना

विशेष