खेल मुख्य समाचार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लिओनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लिओनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

स्टार खेलाडी लिओनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ। अर्जेन्टिनाले बुधबार विहान सम्पन्न खेलमा हाइटीमाथि ४-० गोलको जित हात पारेको हो।

 

अर्जेन्टिनाको ब्युनोस आयर्समा भएको खेलमा मेसीले खेलको १७ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। ५८ मिनेटमा मेसीले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे। ६६ मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्न सफल भए। अर्जेन्टिनाका लागि चौथो गोल सर्जियो अग्युरोले खेलको ६९ मिनेटमा गरेका थिए। 

 

पाँच पटकका फिफा वर्ष खेलाडी मेसीले ह्याट्रिक गरेसँगै अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्याएका छन्। विश्वकपअघि शानदार जित हात पारेसँगै अर्जेन्टिनाको आत्मविश्वास बढेको छ। विश्वकपअघि अर्जेन्टिनाले अब ९ जुनमा इजरायलसँग मैत्रीपूर्ण खेल खेल्नेछ। 

 

जेठ ३१ देखि रसियामा सुरु हुने विश्वकपमा अर्जेन्टिना समूह डी मा छ। यो समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन्। एजेन्सी-

अर्जेन्टिना लिओनल मेसी

विशेष