चितवनकाे एभरेष्ट पेन्ट्सकाे उद्याेगमा अागलागी

भरतपुर । चितवनकाे एभरेष्ट पेन्ट्स उद्योगमा मंगलबार बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने उद्योगमा अचानक आगो लागेपछि लाखाैं रकम बराबरकाे क्षति भएकाे बताइएकाे छ ।
अागाेलागी भएपछि केही घण्टासम्म अागाे नियन्त्रणमा अाएकाे थिएन । जिल्ला प्रहरी कार्यालय चितवनले आगो नियन्त्रण गर्न मुस्किल भएपछि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालन गराएकाे थियाे ।
आगलागीको कारण भने खुलेको छैन ।
अागलागी एसियन पेन्ट्स