खेल

आज राती विश्व-११ र वेस्ट इन्डिज भिड्दै, सन्दीपले पनि खेल्ने सम्भावना

आज राती विश्व-११ र वेस्ट इन्डिज भिड्दै, सन्दीपले पनि खेल्ने सम्भावना

काठमाडौं । आईसिसी वर्ल्ड-११ र वेस्ट इन्डिजबीचको टीट्वेन्टी क्रिकेट बिहीबार राती इङ्ल्यान्डको लर्डस मैदानमा हुँदै छ। १० बजेर ४५ मिनेटमा सुरु हुने यस खेलका लागि नेपालका युवा स्पीनर सन्दीप लामिछाने पनि आईसिसी वर्ल्ड-११ टोलीमा समावेश छन्।

 

विश्व-११ टोलीमा १३ खेलाडी भएपनि भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटमा राम्रो प्रदर्शन गरेकाले सन्दीपले यो खेलमा खेल्ने सम्भावना बलियो छ। सन्दीपले आईपिएलमा तीन खेल खेल्दै ८२ रन खर्चिएर पाँच विकेट लिएका थिए।

 

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपलाई आईसिसीले टोलीमा समावेश गरेको थियो। विश्व-११ मा पुर्व पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी, अफगान स्पीनर रसिद खानलगायत छन्।

सन्दीप लामिछाने  आईसिसी वर्ल्ड-११

विशेष