मुख्य समाचार प्रदेश ३

प्रधानमन्त्री अाेली भनेः नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई समृद्धिसँग जोड्नु पर्याे

प्रधानमन्त्री अाेली भनेः नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई समृद्धिसँग जोड्नु पर्याे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन् । नुवाकोटको ककनीमा विहिबार स्काउटको तेस्रो जम्बोरीको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताए । सरकारले बालबालिका,यूवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने उनले बताए ।

 

२०२४ /०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने “स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ । अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।”


प्रधानमन्त्री ओलीले देशलाई केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने दाबी गरे । “नेपाललाई अब गरिब देश होइन केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं” प्रधानमन्त्री ओलीले भने ।

 

प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरे । जम्बोरीमा भाग लिन  नेपाल सहित भारत,भुटान,बंगलादेशबाट सहभागीहरु आएका थिए । 

प्रधानमन्त्री अाेली

विशेष