खेल

प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग प्रदेश २ पराजित

प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग प्रदेश २ पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरुवात गरेको छ । समूह 'ए' मा रहेको आर्मीले आफ्नो पहिलो खेलमा प्रदेश नम्बर २ लाई डिएल मेथडमा ५५ रनले पराजित गर्यो।

 

बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३ बल खेल्न बाँकी छदा २ सय ४४ रनमा अलआउट भयो।  आर्मीका लागि मध्यक्रममा ब्याट्सम्यान राजु रिजालले ५० रनको योगदान दिए।

 

 उनले ८५ बल खेल्दा ५ चौका र १ छक्का प्राहर गरे। राजेश पुलामीमगरले ४० र सोमपाल कामीले ४१ रनको योगदान दिए । कप्तान विनोद भण्डारीले २३ रनमा आउट भए। 

 

बलिङमार प्रदेश २ का दिब्यांशु मल्लिकले ३ विकेट हात पारे। रासिद खान, सांसद शेख र कप्तान मेहबुब आलमले २–२ विकेट लिए ।

 

२ सय ४५ रनको लक्ष्य पछ्याएर प्रदेश नम्बर २ ले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकियो । ८ ओभरमा रोकिएको खेल १ घण्टापछि  सुरु भएको थियो ।

 

जसअनुसार खेल ४० ओभरमा छोट्याइयो र प्रदेश २ लाई २ सय ३८ रनको नयाँ लक्ष्य दिइयो । तर, प्रदेश नम्बर २ ले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो।

 

प्रदेश २ का लागि हरिशंकर साह ३४ रन र हसिम अन्सारी २८ रनको योगदान दिए । नवौं विकेटका लागि रशिद खान र सुरज पटेलले ४३ रनको साझेदारी गरेपछि प्रदेश २ का लागि नयाँ आशा पलाएको थियो । तर रसिद ३४ रनमा आउट भए। पटेल ४८ रनमा नटआउट रहे।

 

बलिङतर्फ आर्मीका सोमपाल कामीले ३ विकेट लिए । सुशान भारी, सागर पुन र साहव आलमले २–२ विकेट लिए । सोमपाल खेलको म्यान अफ द म्याच चुनिए ।
 

प्रधानमन्त्री कप क्रिकेटः

विशेष