मनोरञ्जन

अभिनेत्री प्रियंका यसरी माेहित भइन् १० वर्ष कान्छा गायकसँग

अभिनेत्री प्रियंका यसरी माेहित भइन् १० वर्ष कान्छा गायकसँग

एजेन्सी । बलिउडकी ३५ वर्षीय अभिनेत्री प्रियंका चोपडा २५ वर्षका अमेरिकी गायक निक जोनासको प्रेममा रहेको खबर सार्वजनिक भएको छ ।

 

बलिउड फिल्मबाट करोडौं दर्शको मन जितेकी प्रियंका चोपडा एकाएक हलिउड तिर लागिन् । हलिउडबाट समेत उनले चाहेको सफलता हात पारिन् । उनको प्रशंसक तथा दर्शकको संख्या बढ्नुको साथै उनी संसारभर चर्चित भइन् ।

 

हलिउडमा पनि उनी बारम्बार हेडलाइनमा छाइरहेकी हुन्छिन् । यतिबेला उनको चर्चा अझै चुलिएको छ । यसको कारण भने उनको कुनै फिल्म वा अभिनय होइन । उनी निजी जीवनका कारण चर्चामा आएकी हुन् । गायक निकसँग प्रियंकाको भेट सन् २०१७ मा भएको थियो । पछिल्लो समयमा धेरैजसो समय यी दुवै सँगै समय बिताइरहेका देखिन्छन् । 

 

हालै दुवैजना लस–एञ्जल्सको एक रंगशालामा भइरहेको फुटबल प्रतियोगिता हेर्ने क्रममा एकसाथ देखिएका थिए । साथै दुवैजना साथीहरुका साथ समुन्द्रमा पानीजहाजमा रमाइलो गरिरहेको फोटोहरु पनि सार्वजनिक भएका थिए । साथै यी दुवै गएको वर्षको ‘मेट गाला’मा पनि सँगै सहभागी भएका  थिए ।

 

गएको वर्ष जिम्मी किम्मेलले अन्तरवार्ताको क्रममा प्रियंकालाई निकसँगको निकटतालाई लिएर दुवै प्रेममा रहेको कुरा सोधिएको थियो । प्रियंकाले त्यस प्रश्नको जवाफमा हाँस्दै आफूहरुबीच राम्रो मित्रता रहेको कुरा बताएकी थिइन् । 

 

प्रियंका र निक एक अर्कालाई डेट गरिरहेको खबरहरुप्रति प्रियंका र निकल दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन् । ३५ वर्षिया प्रियंकाले हलिउडमा चर्चित क्वान्टिको सिरिजको तेस्रो संस्करणको छायाँकंनको काम सकेकी छिन् ।  निक जोनास अमेरिकाका चर्चित गायक हुन् । 
 

प्रियंका चोपडा

विशेष