राजस्थानमाथि दिल्लीकाे राेमाञ्चक जित
काठमाडाैं । आइपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्सले तेस्रो जित हात पारेको छ । बुधबार रातिभएको वर्षाले प्रभावित खेलमा दिल्लीले राजस्थान रोयल्सलाई डकवर्थ लुईस विधिअनुसार ४ रनले हरायो।
खेलमा टस हारेर पहिले व्याटिङको गरेको दिल्लीले १८ औं ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोडेको अवस्थामा वर्षाले खेल रोकियो। दिल्लीका रिसभ पन्तले ६९ रन जोड्दा श्रेयस ऐयरले ५० रन तथा पृथ्वी शहले ४७ रन बनाए।
यसपछिको खेल वर्षाले प्रभावित भएपछि राजस्थानलाई १२ ओभरमा १ सय ५१ रनको विजय लक्ष्य दिइयो। तर राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनाएपछि दिल्ली ४ रनले विजयी भएको हो।
राजस्थानका सुरुवाती ब्याट्सम्यानहरु जोस बट्लरले ६७ रन तथा डिआर्सी शर्टले ४४ रन जोडेपनि टोलीलाई जिताउन सकेनन्। नौ खेलबाट छ अंक जोडेको दिल्ली अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।
एक खेल कम खेलेका राजस्थान रोयल्स र मुम्बई इन्डियन्स दिल्लीभन्दा तल रहेका छन्। आइपीएल क्रिकेटमा आज शीर्ष स्थानको चेन्नाई सुपर किङ्स र चौथो स्थानको कोलकाता नाईट राईडर्स भिड्नेछन्।
अार्इपीएल