मुख्य समाचार

सिण्डिकेटधारीको दादागिरीविरुद्ध साझा, मयुर, अन्नपूर्ण र मेट्राे सडकमा

सिण्डिकेटधारीको दादागिरीविरुद्ध साझा, मयुर, अन्नपूर्ण र मेट्राे सडकमा

काठमाडौं । सिण्डिकेट तोड्ने सरकारको कदमलाई केही यातायात व्यवसायीले साथ दिएका छन् ।  सिण्डिकेटधारी यातायात व्यवसायी विरुद्धको लडाइँमा कम्पनीमा दर्ता भएका केही व्यवसायीले साथ दिएका हुन् ।

 

सिण्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरू सडकमा सवारी निकालेर सिण्डिकेटविरुद्ध लागेका हुन् ।

 

सरकारले सिण्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेका कारण सिण्डिकेट पक्षधर यातायात समितिका बसहरू सडकमा गुडेका छैनन् । 

 

तर मयुर, साझा, अन्नपूर्ण, मेट्रोलगायतका केही कम्पनीका बस गुडेका छन् । राजधानी काठमाडौंमा ती कम्पनीका बस गुडे पनि अन्य स्थानमा भने यातायात ठप्प छ ।

 

बिहान अफिस तथा कलेज जान निस्केका यात्रुहरू अलपत्र परेका छन् । सरकारले जसरी पनि सिण्डिकेट तोड्ने अडान लिए पनि गाडी बन्द हुँदा सर्वसाधारणका लागि उचित वैकल्पिक व्यवस्था भने गर्न नसकेको गुनासो आएको छ ।

यातायात व्यवसायी सिण्डिकेट

विशेष