एकतासँगै माओवादी विघटन पनि हुन्छः प्रचण्ड
काठमाडाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रको एकीकरण घोषणा अन्तिम बिन्दुमा पुगिसकेको बताएका छन् । कार्लमाक्स द्वीशतवार्षिकीको अवसरमा शुक्रबार आयोजित कार्लमाक्स सम्मेलन उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।
एकतासँगै माअाेवादी केन्द्र विघटन हुने पनि उनले बताएका छन् । साथै एकीकरणपछि बन्ने नेपाल कम्युनिष्ट पार्टीभित्र छुट्टाछुट्टै पार्टी नखोज्न उनले अाग्रह गरेका छन् ।
‘एकतासँगै हामीले एमाले विघटनको तयारी गरेका छौ, माओवादी केन्द्र बिघटनको तयारी गरेका छौ’ उनले भने, ‘एकता भइसकेपछि त्यहाँभित्र फेरि एमाले र माओवादी खोज्ने होइन । एकतापछि छुट्टै नयाँ पार्टी बन्छ । एकता घोषण अन्तिम बिन्दुमा पुगिसकेको छ । अब केही दिनमा एकता घोषणाको मिति तय हुन्छ । ’
अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रको एकीकरण घोषणपछि त्यसमा अरु कम्युनिष्ट पार्टीलाई पनि समेटिदैं जाने बताए । ‘कम्युनिष्ट पार्टी एकता मुलुकको अहिलेको आवश्यकता हो, त्यो कुरा बुझेरै एमाले र माओवादी केन्द्रले एकताको निर्णय गरेको हो ।’