स्वास्थ्य

कपाल झर्ने समस्याबाट यसरी मुक्त हुनुस् 

कपाल झर्ने समस्याबाट यसरी मुक्त हुनुस् 

प्रायः पुरुषलाई कपाल झर्ने समस्याले सताउने गर्दछ । यही समस्याले कतिपयलाई चिन्तित बनाएको हुनसक्छ । तर यस्ताे समस्याको समाधन घरेलु उपचारबाटै गर्न सकिन्छ । घरेलु उपचारबारे चिकित्सकहरू विभिन्न उपाय देखाउँछन् । तर त्यसभन्दा अघि कपाल झर्ने कारणबारे बुझ्न जरुरी छ । समस्याकाे कारण नै जानेपछि समस्याबाट ग्रस्त हुनु पर्दैन । साथै चिकित्सकहरूले दिएका उपायबारे पनि यहाँ तरिका सिकाइएकाे छ ।

 

यसको प्रमुख कारण हो एस्ट्रोजेनेटिक एलोपिका। पुरुषमा हुने यो  हर्मोनमा असन्तुलन हुँदा शिरको एक हिस्साबाट तीव्र कपाल झर्ने गर्छ। एक अनुसन्धान अनुसार ३० प्रतिशत पुरुष ३० वर्ष नपुग्दै यो समस्यामा अल्झिसकेका हुन्छन्।

 

एस्ट्रोजेनेटिक एलोपिका पुरुषमा हेयरफलको एक मात्र कारण होइन।  यसका अन्य कारणहरु पनि छन् । ति कारणहरू तल उल्लेख गरिएका छन् 

 

१‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ वंशाणुगत गुण
 

यदि परिवारमा कसैको कपाल झरेको थियो, आफ्नो बाबु वा आमाको पुस्तामा कसैमा यो समस्या थियो भने सोको कारण पनि तपाइको कपाल झर्न सक्दछ।

 

२‍ अस्वस्थकर खाना
 

डाइटमा सही मात्रामा पोषण नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन थाल्छ। जसको कारण कपाल झर्ने समस्या निम्तिन्छ।

 

३ धुम्रपान
 

चुरोटमा हुने निकोटिनको कारण रगतका नशा साँघुरिन थाल्दछन्। जसको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ। यसले शरिरको अंगहरुको साथ कपाललाई पनि असर पुर्याउँछ।

 

४ रक्सी
 

बढी रक्सी पिउँदा शरिरमा टक्सिक पदार्थ बढ्न थाल्छ। आइरन, जिङ्क, पानीमा कमी हुन्छ। फलतस् कपाल झर्छ।

 

५ चिन्ता
 

कपाल झर्नुमा अर्को प्रमुख कारण हो चिन्ता। चिन्ताले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ। साथै शरिरको शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ।
यो पनि पढ्नुसस् आफैले हटाउनुस् चिन्तास् तनावसंग सामाना गर्ने अचुक उपाय

 

६ छालाको इन्फेक्सन
 

टाउकोको छालामा समस्या छ भने पनि कपाल झर्न सक्छ। चाँया निकै छ भने कपाल झर्ने समस्या निम्तिन सक्छ।

 

७ औषधीको साइडइफेक्ट
 

ब्लड प्रेशर, डिप्रेसन, मुटु रोग आदीको निदानको लागि प्रयोग गरिने औषधीको साइडइफेक्टको कारण पनि कपाल झर्ने गर्छ।

 

यो समस्याबाट मुक्त हुनका लागि निन्न उपायहरू अनाउन सक्नुहुन्छ ः

 

१ प्याज र कागती
 

शिरमा जहाँ जहाँ कपाल कम छ दैनिक बराबर मात्रामा प्याज र कागतीको रस लगाउनुस्। रस लगाएको आधा घण्टा पनि टाउको पखाल्नुस्।
यो पनि पढ्नुसस् कागती पानी पिउनु अघि ८ पटक सोच्नुस

 

२ हरियो धनियाँ
 

कपालको जरामा हरियो धनियाँको रस लगाउनुस्। १५ मिनेट पनि पखाल्नुस्। यसले कपाल बाक्लो आउँछ अनि चमक पनि बढ्छ।

 

३ निम र अमला
 

निमको पात र अमला पानीमा उमाल्नुस्। पानी सेलाएपछि यही पानीले टाउको पखाल्नुस्। हप्तामा कम्तिमा २ पटक यसो गर्नुस्।

 

४ केरा
 

केराको पेस्टमा कागतीको रस मिलाइ कपालमा लगाउनुस् अनि आधा घण्टा पनि कपाल धुनुस्।

 

५ बदाम र नरिवल तेल
 

कपालमा बदाम र नरिवल तेलको प्रयोग गर्नुस्। मसाज गर्नुस्, आधी घण्टा पछि पखाल्नुस्। कपाल पखाल्दा स्याम्पु सधै एकै खाले मात्र प्रयोग गर्नुस्। सामान्य बजारमा पाइने स्याम्पु भन्दा आयुर्वेदिक औषधी पसलमा किन्न पाइने स्याम्पुको प्रयोग बढी प्रभावकारी हुन्छ।

 

स्वास्थ्य कपाल

विशेष