राप्रपा नेता पाण्डेको कन्स्ट्रक्सन कार्यालयमा बम विस्फोट

बाँके । राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रालिको कार्यालयमा बम विष्फोट भएको छ । बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा गएराती अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।
विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको छ । बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनसन्धान भइरहेको जनाएको छ ।