मुख्य समाचार

अब सबै क्षेत्रका सिण्डिकेट अन्त्य गर्छाैँः प्रधानमन्त्री ओली

अब सबै क्षेत्रका सिण्डिकेट अन्त्य गर्छाैँः प्रधानमन्त्री ओली

 काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सबै खालका सिण्डिकेट अन्त्य गर्ने लागि तयारी गरेरहेकाे बताएका छन् । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै 


आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएकाे भन्दै अब सबै क्षेत्रमा रहेका सिण्डिकेट अन्त्य हुने बताएका हुन् ।

 

ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त भएको बलियो सरकार हो । कसैले सोचेको थिएन सिण्डिकेट तोडिन्छ भनेर । तर यो सरकारले सिण्डिकेट तोडेर छाड्यो । अरु क्षेत्रमा पनि सिण्डिकेट छ, त्यो पनि तोडिन्छ ।’

 

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नेता बलियो हुँदा कोही डराउन नपर्ने भन्दै जनताको समर्थनमा मात्र नेता बलियो हुने बताए । कतिपयले आफू बलियो प्रधानमन्त्री भएकोमा रिस गरेको भन्दै ओलीले लोकतन्त्रमा व्यक्ति होइन प्रणाली बलियो बनाउने आफ्नो मिसन भएका बताए ।

यातायातमा 'सिण्डिकेट' प्रधानमन्त्री ओली

विशेष