राष्ट्र बैंकले गर्याे यातायात समितिका बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए । ‘हामीलाई जति समितिको खाता रोक्का गर्न अनुरोध भएर आएको छ, तिनको बैंक खाता रोक्का गरेका छौं’ प्रवक्ता पौडेलले भने । समितिको संख्या भने उनले खुलाएनन् ।
खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने उनले बताए । सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए ।
‘सरकारले खाता फुकुवा गर्न निर्देशन दिएको खण्डमामात्रै खाता फुकुवा गर्न सकिन्छ’ उनले भने । सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंक यातायात समिति बैंक खाता रोक्का