पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितका पदाधिकारी छुटे

काठमाडौं । शुक्रबार र शनिबार देशभरबाट पक्राउ गरिएका यातायात व्यवसायीहरु थुना मुक्त भएका छन् ।
सिन्डिकेट गर्न पाउनु पर्ने भन्दै गत शुक्रबार सार्वजनिक यातायात ठप्प पारेपछि प्रहरीले राष्ट्रिय यातायात व्यवसायी महासँगका केन्द्रीय अध्यक्ष योगेन्द्र कर्माचार्य सहित १ सय भन्दा बढी यातायात व्यवसायी पक्राउ परेका थिए।
पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा भएसँगै देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुट्दै छन्। केही व्यवसायी शनिबार नै छुटेका थिए।
कानून मान्छौं भन्ने लिखित प्रतिवद्धता गरेपछि पक्राउ परेकालाई छोडिएको प्रहरी प्रवक्ता डीआइजी मनोज नेउपानेले जानकारी दिए।
यातायात व्यवस्था विभागले कार्यान्वयनमा ल्याएको नयाँ यातायात कार्यबिधि प्रति असन्तुष्टि जनाउँदै सार्वजनिक यातायात ठप्प पार्दै आन्दोलनमा उत्रिए पछि सरकारले उनीहरुलाई प्रकाउ गरेको थियो।
सिन्डिकेट बिरुद्ध सरकारको कडा कदम पछि यातायात व्यवसायीहरुपछि हटेका हुन्।
सिन्डिकेट योगेन्द्र कर्माचार्य छुटे