मनोरञ्जन भिडियो

गायक अर्पणराजसँग रमाइलो गफः सानैमा प्रेम गरेँ, तर धोका दिएको त छैन (भिडियो)

गायक अर्पणराजसँग रमाइलो गफः सानैमा प्रेम गरेँ, तर धोका दिएको त छैन (भिडियो)

काठमाडौं । लोक तथा दोहोरी गायक अर्पणराज गिरी यतिवेला स्टेज कार्यक्रमहरूमा निकै व्यस्त छन् । ‘सगरको पानी नुनिलो’ गीतमार्फत बिन्धवासिनी अवार्ड पाएका गिरी अहिले नयाँ गीतको तयारीमा जुटेका छन् ।

 

वि.स. २०४९ साल कार्तिक १८ गते बाग्लुङको जैदी गाविसमा जन्मेका उनी एस.एल.सी पछि बाग्लुङको मिडियामा काम गरे । सानैदेखि दोहोरी गायनमा गहिरो रुची राख्ने हुनाले वि.स. २०६७ सालमा काठमाडौ आएर मेहेनत गर्न थाले । वि.स २०६९ सालदेखि औपचारिक रूपमा गायन क्षेत्रमा प्रवेश गरेका उनी सञ्चार क्षेत्रमा पनि सक्रिय छन् ।


(लोकदोहोरी गायक अर्पणराज गिरीसँग उनको जीवनशैलीबारे नेपाल आजले गरेको रमाइलो कुराकानी)

 

मेरो खाना

म रुममा एक्लो छु । फुर्सद पनि कम हुन्छ । खाना खानपनि ढिलो नै हुने हुनाले प्रायःजसो खाना बाहिर नै खाने गर्दछु । कहिलेकाहीँ साथीहरूको निमन्त्रणा हुन्छ ।  त्यतिवेला भने साथीहरूसँगै खाने गर्दछु ।मलाई खानामा भने सामान्य दाल भात नै मनपर्छ ।


मेरो पोशाक

पोशाकमा मलाई तडकभडक गर्न मन पर्दैन । विशेषगरी जिन्सको पाइन्ट र सामान्य कपडाहरू मात्र लगाउँछु ।


मेरो घुमफिर

विदेशतिरको यात्रा गरेको छैन । नेपालको २०–२२ वटा जिल्ला घुमेको छु । घुमेको पर्यटकीय स्थानहरूमध्ये पोखरा अलि विशेष लाग्छ । इलाम र मुस्ताङ जाने रहर छ ।


मेरो प्रेम

स्कुले जीवनमा एकपल्ट प्रेममा परेँ । तर त्यो प्रेम त्यतिकै छुट्यो । अहिले प्रेममा परेको छैन । आफ्नै काममा इन्जोय गर्ने हुनाले प्रेम सम्बन्धतिर खासै मतलब छैन । सानोमा एकपल्ट प्रेम गरे । तर आजसम्म कसैलाई धोका दिएको छैन ।


मेरो भूल

कहिलेकाहीँ नजानेर सामान्य भूलहरू हुनसक्छ । केही साना भूलहरू गरे पनि हुँला । तर जानेर अहिलेसम्म ठूलो भूल त्यस्तो केही गरेको छैन ।


मेरो मदिरा

म ड्रिङ्स गर्छु । प्रायः साथीभाइको मन राखिदिनको लागिमात्र पिउँछु । कहिलेकाहीँ खुसी हुँदा पिउँछु । तर त्यसरी लत भने बसेको छैन ।


मेरो सपना

गीत सगिंतमै जीवन विताउने सोच छ । धेरै कमाउने, विदेश जानेजस्ता त्यस्तो ठुलो सपनाभने केही देखेको छैन । 


मेरो मृत्यु

मलाई मृत्युदेखि डर लाग्दैन । सानैदेखि म समस्याहरूको सामना गर्ने हुनाले तनाब हुँदा मरिहालुँ जस्तो पनि लाग्दैन । जगंली जनावरहरूसँग डर लाग्दैन । तर सर्पसँग भने अलिअलि डर लाग्छ । दुःख पर्दा कहिल्यै रोएको पनि छैन ।

अर्पणराज गिरी गायक

विशेष