स्वास्थ्य

मानसिक समस्या भएकालाई 'ग्यास्ट्रिक'को अौषधी दिएपछि.....

मानसिक समस्या भएकालाई 'ग्यास्ट्रिक'को अौषधी  दिएपछि.....

काठमाडौं । पतिसँग सम्बन्धविच्छेद भएकी एक महिलाले स्वास्थ्य जाँच गराउँदा उनलाई चिकित्सकले ग्यास्ट्रिकको औषधी लेखेर दिए। केही दिन औषधी खाँदा पनि अवस्था नसुध्रिएपछि उनी अहिले मनोपरामर्श लिइरहेकी छिन्। 

 

 रोग पहिचान गरी सम्बन्धित चिकित्सक वा विज्ञलाई सिफारिस गर्नुको साटो आफैँऔषधी दिने चिकित्सकका कारण बिरामीले सास्ती भोग्नुपरेको छ। मनोविद् करुणा कुँवर भन्छिन्, ‘बिरामीलाई मानसिक समस्या हुँदा पनि डाक्टरहरू संवेदनशील देखिँदैनन्। 

 

मानसिक समस्या बेवास्ता गर्दै ग्याष्ट्रिकको औषधीले ठीक भइहल्छ नि भन्ने गरेको समेछत पाइएको छ।’ मानसिक समस्या भएका व्यक्तिबारे चिकित्सकले बेवास्ता गर्ने प्रवृत्ति रहेको मनोचिकित्सक बताउँछन्। 

 

चिकित्सकमा मानसिक रोग विशेषज्ञसमक्ष बिरामी पठाउँदा आम्दानी र छविमा असर पर्ने डरले भरसक आफैं उपचार खोज्ने प्रवृत्ति रहेको मानसिक रोग विशेषज्ञहरू बताउँछन्। 

 

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय भन्छन्, आफूले जे जानेको छ, त्यसैका भरमा उपचार गर्ने तर मनोचिकित्सकसमक्ष बिरामी नपठाउने प्रवृत्ति डाक्टरहरूमा छ। 

 

धेरै ठाउँ भौंतारिँदा सञ्चो नभएपछि मात्र मानसिक समस्या भएका व्यक्ति मनोचिकित्सककहाँ पुग्ने गरेका छन् । डा. उपाध्यायका अनुसार अन्य विधाका चिकित्सकसँग उपचार गर्दा केही नलागेपछि ‘खर्च पनि सकियो’ भन्दै उपचार गराउन आउने बिरामी धेरै छन् । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ । 
 

मानसिक समस्या

विशेष