मुख्य समाचार प्रदेश २

प्रहरी कार्यालय सेढवामा हवाई फायर

प्रहरी कार्यालय सेढवामा हवाई फायर

पर्सा । इलाका प्रहरी कार्यालय सेढवामा केहि उच्छृङ्खल व्यक्तिले आगजनी गरेपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । 

प्रहरीले मोबाइल चोरेको आरोपमा दुईजना र मादक पदार्थ सेवन गरेर एउटै मोटरसाइकलमा सवार भएका चार जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पक्राउ गरेको विरोधमा जिराभवानी गाउँपालिकाका स्थानीयले अवरोध गरेका थिए ।

 

सोही क्रममा केही उच्छृङ्खल व्यक्तिले इलाका प्रहरी कार्यालय सेढवामा रहेका दुईवटा मोटरसाइकलमा आगजनी गरेपछि स्थिती तनाव पूर्ण बन्याे।

 

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ । पटकपटक सम्झाउँदा नमानेपछि लाठी चार्ज गर्नु परेको र लाठी चार्जबाट पनि स्थिती नियन्त्रणमा नआएपछि सोमबार बिहान करिब साढे तीन बजे हवाई फायर गर्नु परेको पर्साका डीएसपी राजन लिम्बुले बताए ।

हवाई फायर प्रहरी कार्यालय

विशेष