खेल

गोल बिना नै म्यानचेस्टर सिटीले उचाल्यो ट्रफी

गोल बिना नै म्यानचेस्टर सिटीले उचाल्यो ट्रफी

काठमाडाैं । इंग्लिस प्रिमियर लिगको उपाधि यसअघि नै पक्का गरेको म्यानचेस्टर सिटीलाई आइतबार राति ट्रफी प्रदान गरिएको छ ।लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको हडर्ल्सफिल्डसँगको खेलमा गोलरहित बराबरीमा रोकियो । 

 

तर उसले उपाधि पक्का गरिसकेकाले गार्ड अफ अनरसहित ट्रफी प्रदान गरिएको छ । ट्रफी र गार्ड अफ अनरको उत्साहमा पेप गार्डिवलाको टिमले १६ औँ स्थानको हडर्ल्सफिल्डमाथि गोल गर्ने अपेक्षा उत्सवको रातमा थियो समर्थकमा । तर त्यस्तो भएन ।

 

केविन डी ब्राउन र गाब्रियल जिससले गोल गर्ने सुन्दर मौका बनाएका थिए, सफल हुन सकेनन् । म्यान सिटीका लागि भन्दा हडर्ल्सफिल्डका लागि यो खेल महत्वपूर्ण थियो, यो अर्थमा कि उसलाई प्रिमियर लिगमा टिकिरहनु पर्ने थियो ।

 

सिटीसँगको बराबरीले उसको आउँदो सिजन पनि प्रिमियर लिगमा रहने सम्भावना बलियो बनेको छ । दुई खेल बाँकी हुँदा ३६ अंकसहित उ १६ औँ स्थानमा छ र १७ औँ स्थानको साउथह्याम्पटन भन्दा तीन अंकले अघि । उपाधि विजेता सिटीको ९४ अंक भएको छ ।

 

सिटीका खेलाडीले उपाधि यात्रा तय गराउने प्रशिक्षक गार्डिवलालाई काँधमा बोके, उफारे अनि रमाइलो गरेका गरे । कप्तान भिन्सेन् कम्पनीले साथी खेलाडीसँगै ट्रफी उचाले ।

म्यानचेस्टर सिटी

विशेष