मुख्य समाचार

यातायात क्षेत्रको सिन्डिकेट भयाे अन्त्य, प्रतिस्पर्धामा जान व्यवसायी तयार

समितिहरुको रोक्का गरिएको बैंक खाता पनि फुकुवा हुने

यातायात क्षेत्रको सिन्डिकेट भयाे अन्त्य, प्रतिस्पर्धामा जान व्यवसायी तयार

काठमाडौं । सिन्डिकेटकाे पक्षमा गत शुक्रबार देशभर गाडी ग्यारेजमा थन्क्याएर हड्तालमा उत्रिएका यातायात व्यवसायीहरु प्रतिष्पर्धामा जान तयार भएका छन् ।

 

सरकार र यातायात व्यवसायीका प्रतिनिधिबीच आइतबार अबेरसम्म भएको छलफलमा सिन्डिकेट हटाउने सहमति भएको हो । यातायात व्यवसायीहरु आन्दोलन फिर्ता गर्न र कम्पनीमा जान सहमत भएका हुन् ।

 

वार्तामा भएका सहमति सोमबार दिउँसो १ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्राल संयुक्त पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । यातायात समितिहरुको रोक्का गरिएको बैंक खाता फुकुवा हुने भएको छ। 

 


सरकारले यातायात समिति र संघलाई कम्पनीमा दर्ता हुन भनेपनि यसको विपक्षमा रहेका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । 

 

व्यवसायीको आन्दोलनविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो । आन्दोलनमा उत्रिएका व्यवसायीलाई पक्राउ गर्दै सरकार रुट परमिट खारेज गर्ने प्रक्रियामा लागेपछि सिन्डिकेट पक्षधरका व्यवसायी गलेका हुन् । 

 

देशभर पक्राउ परेका सिन्डिकेट पक्षधरका व्यवसायी रिहा भैसकेका छन् । आफ्ना गाडीलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि उनीहरु रिहा भएका हुन् ।

यातायात सिन्डिकेट अन्त्य बैंक खाता फुकुवा

विशेष