विचार समाज

सामाजिक संजाल नै बन्दैछ सिन्डिकेटको खड्कुलो

बौद्धिकहरु नै पोख्छन् यौन कुण्ठा र अश्लिलता

सामाजिक संजाल नै बन्दैछ सिन्डिकेटको खड्कुलो

जुनिता सुब्बा

 

साहित्य सिर्जना संधै जीवनसँग गाँसिएर आउँछ । आउनुपर्छ । त्यो सिर्जना के सिर्जना जसमा जीवनको प्रतिविम्ब नहोस रु साहित्य के हो रु अथवा सिर्जना ुकस्तोु हुनुपर्छ भन्ने कुराको कुनै निश्चित मापदण्ड छैन । हुन पनि सक्दैन । साहित्यका माध्यमबाट मान्छे स्वयंले आफ्नो चारित्रिक र बैचारिक धरातलको परिचय दिन्छ ।

 
आजको युग सामाजिक संजालको युग हो । साहित्य सिर्जना अब कागज र कलमको बन्धनबाट मुक्त छ । रचना कृतिको पहुँचको परिधि अब कल्पनातीत भैसक्यो । बिश्वब्यापी बिद्दुतीय तरंगका सामु भौगोलिक सीमाको अब कुनै सीमाना नै रहेन । पाठकहरुसम्मको यो सर्वथा बिलक्षण पहुँचको माध्यमले साहित्यलाई कस्तो गुण लगाउँदैछ त हिजोआज ?

 
अनलाईन पत्रकारिता अहिले अर्थोपार्जनको नयाँ माध्यम हो । यो व्यवसायलाई राष्ट्रको कानूनले बाँधेर पनि बाँध्न सकेको छैन । यसैको परिणाम हो, अहिलेको साहित्य सिर्जना अराजक छ । दम्भी छ । यौनिकताको आवरणमा अश्लील छ । कविहरु यौन कुण्ठाको शिकार हुन्छन आफ्नै कवितामा । धर्मको शिकार हुन्छन, आफ्नै आग्रहले । महामानव हुने दौडमा निस्कन्छन,  थाहै नपाई बिक्री भैदिन्छन, अनि एउटा सानो समूहका सर्वमान्य भएर पुलकित हुन्छन । कविता साहित्यको नाममा खुल्ला बेश्या बजार भएको छ । सामाजिक संजालमा अराजक धारणाले बढी लाईक र प्रशंसा बटुल्छन । यो समयको नियति हो वा आजको मान्छेको बैचारिक स्खलन ?  आपनो धरातल हिलाएर  भए पनि कवि हुनुको भ्रम बन्छन् कविहरु ।

 

आत्मज्ञान भन्दा ठूलो धर्म नै हुँदैन । आत्मा नबुझ्ने कुण्ठीत  मानसिकताबाट सिर्जित सभ्यता र संस्कृतिले कतै आफैलाई चेतनाको उच्चतम बिन्दुमा पुग्नबाट बन्चित त गरिरहेको छैन ?  निभेको दीयोले नयाँ दीयो बाल्दैन । भावनामा मान्छे जति भावुक वा क्रोधी भए पनि चेतनामा मान्छे विभाजित हुन सक्दैन । एउटा सामान्य उदाहरण, कृष्णका १६००गोपिनी थिए भन्नुको अर्थ उनको ती सबैसंग शारीरिक सम्बन्ध थियो भन्ने बुझ्नु गलत हुनजान्छ । कृष्ण एउटा चेतना हो, गोपिनीका बिश्वास र आस्था सिबाय  कृष्ण  क्यै पनि होइनन। मान्छेले मान्छेलाई बैचारिक बिकासको उत्कर्षमा पुर्यायो तर मात्र भावनात्मक धरातलमा सीमित भयो । भावनात्मक चरम, चेतना तिरको प्रस्थानबिन्दु हुँदै होईन । भावना र चेतना सीर्जनाका दुई अलग पाटाहरु हुन् । नेपालमा धेरै प्राज्ञ, बिज्ञ, बिद्द्वान कविहरु रुमलिएका  छन् । बेलाबखत जानी नजानी त्यही रुपले प्रस्तुत हुन्छन ।

 

कविता नलेख्नुको अर्थ कविता नबुझ्नु हुनसक्दैन । बुझ्नुको अर्थ आफू सामु प्रस्तुत कृतिको स्तर बढाएर अथवा घटाएर बुझ्नु पनि होईन । ज्ञान बिकाउ हुँदा समालोचकले पनि कृतिलाई आफ्नो स्वार्थ मुताविक स्तर तलमाथि पारेर बुझ्नु स्वाभाविक हो । 

 

अहिले मुलुकलाई सिण्डिकेट शब्दले छोपेको छ । यातायात सिण्डिकेट, शिक्षा सिण्डिकेट, स्वास्थ्य सेवामा व्याप्त सिण्डिकेट केही यस्ता बिषय हुन्, जसले आम जनजीवनमा तत्काल र प्रत्यक्ष प्रभाव पार्दछ । त्यसैले यसको चर्चा स्वाभाविक रुपले प्रखर ढंगले मुखरित हुन्छ । सिण्डिकेट राजनीतिमा झन् बढी छ, यसले जनसामान्यको जीवन अझ बढी प्रतिकूल हुन जान्छ । तर जनताको चेतनास्तरले यसको भेउ पाउन सकेको छैन । रह्यो, साहित्यमा व्याप्त सिण्डिकेट्को कुरा । यसले जनताको दैनिन्दीनमा प्रत्यक्षरुपले प्रभाव पारेको देखिंदैन । तर दीर्घकालीन रुपमा यो सिण्डिकेट्ले मुलुकको कला,  साहित्य र संस्कृतिको उठानको ईतिहासलाई धमीराले जस्तो भित्रभित्रै खोक्रो पार्दैछ । साहित्यमा सिण्डिकेट कहिले थिएन र ?
 

एउटा श्रष्ठाले अर्कोको कृतिको आलोचनात्मक ब्याख्या गर्ने नाममा तारिफको पहाड उभ्याईदिनु, अर्कोपल्ट त्यही श्रश्ठाले आफ्नो समालोचकको कृतिमाथि प्रशंसाको पुल बाँधेर पत्रिकामा आलेख छपाउनु, एउटा संस्थाको कविले अर्को संस्थाको कविलाई पालैपालो पुरस्कार दिनु सिण्डिकेट नभए के हो तरु साहित्यमा नातावाद,  कृपावादको समष्टिगत स्वरुप नै सिण्डिकेट हो ।
 

स्वार्थी सिण्डिकेट्को कुरा गर्दा ुफेसबुकु अग्रपंक्तिमा आउँछ । यो सामाजिक संजाल मित्रताको बिस्तार गर्नका लागि बनेको हो या आपसी शत्रुतालाई बढावा दिन रु सोचुन्परने अवस्था छ । एउटाले आफ्नो कृति फेसबुकमा शेयर गर्छ, उसका सिण्डिकेटका सदस्यले त्यसलाई लाईक र कमेण्ट्को बाढी बगाउने अभिप्रायले  फेरि शेयर गरिदिन्छ । अर्कोपल्ट पहिलो कवि,  लेखक जो सुकै होस्, उसले दोश्रोका लागि त्यही गरिदिन्छ । कृति जस्तोसुकै होस्,  त्यसको मर्म र बिम्ब भन्दा त्यसले प्राप्त गरेको लाईक, कमेन्ट र शेयरको संख्याले रचनाको स्तर निर्धारण हुन्छ । यो उपक्रममा सहभागी नहुने व्यक्ति असामाजिक ठहरिन्छ ।
 

कसैको व्यक्तिगत कुण्ठाग्रस्त अभिव्यक्ति पढेर आफ्नो समय खेर फाल्न पाठक अभिसप्त नहुनुपर्ने हो । अझ त्यो पढेर कसैले त्यसमा फूलका गुच्छा सहितका टिप्पणी गरिदिओस भन्ने आकांक्षा सुम्सुम्याएर पर्खिनु एउटा स्रष्ठालाई सुहाउने कुरा हो र ? 

 

सामाजिक संजालले सबैलाई कवि बनाएको छ । अहिले सामाजिक संजालमा आबद्द सबै पत्रकार पनि भएका छन् । सबै समालोचक । फेसबुक, ट्वीटर जस्ता सार्वजनिक चौतारी बिचार बिसाउने ठाउँ होईन, कुण्ठाका प्रदुषित लेदो बग्ने टुकुचा भएका छन् ।

 
सामाजिक संजाल यदि समाजको वास्तविक अनुहार र चरित्र देखाउने ऐना हो भने, त्यो ऐना धमीलो छ । सामाजिक संजालको बिस्तार संगै पहिचानको राजनीति ले मुलुकलाई संघीय रुपमा विभाजित गरेपछि, मान्छेका ल्यापटप र मोबाईल फोनमा प्रेम भन्दा बढी घृणाका शब्द तरंगित हुन थालेका छन् । जातीय पहिचानलाई धर्मले घोक्रेमुण्टो लगाएको हो कि धर्मले जातीयतालाई निचोर्न थालेको हो,  बुझ्न कठीन छ । मान्छे धर्मको कुरा गर्छन,  तर आफ्नो धर्मको कुरा गर्दैनन् । आफ्नो आत्मालाई बिर्सिदिन्छन । अर्काको धर्मलाई होच्याउने कुरा गर्छन । जातीको कुरा गर्छन, आफ्नो ईतिहास होईन, अर्काको खोईरो खन्ने अप्रमाणिक दस्तावेजका ठेली लिएर गाली गलौजमा उत्रिन्छन ।

 

सामाजिक संजालले बिचार आदानप्रदानको संसारलाई बिस्तार गर्नुपर्ने हो, तर तो नयाँ बिलक्षण प्रविधिका मार्फत मुलुकको समाज झन् एकांगी हुँदैछ । खुम्चिंदैछ । कुनैबेला चुच्चो नाक र नेप्टो नाकाका बीच द्वन्द थियो । आज नेप्टेहरु एक आपसमा लड्दैछन् । धर्म,  जाति र संस्कारजन्य विभेद भन्दा माथि उठेका युगद्रष्टा कविहरु विवादमा मुछिंदैछन् । यो विवादमा आफ्नो पक्षपोषण गर्न गराउन आफ्नै खेमाका कवि, लेखक र संचारकर्मीहरुलाई सामाजिक संजालको युद्दभूमिमा होम्न उनीहरुलाई कत्ति असहज लाग्दैन । धर्म र सम्प्रदायबाट माथि उठेका चेतनशील सीर्जनकर्मीहरुलाई सामाजिक संजालका लडाकुहरुको सहयोग चाहिनु आफैमा उदेकलाग्दो प्रकरण नभए अरु के होला ?

      
स्वतन्त्रता र जिम्मेवारीबोध एकअर्काका परिपुरक हुन् । जिम्मेवारी बिनाको स्वतन्त्रता स्वछन्दता हुन जान्छ । शारीरिक स्वतन्त्रताले भावनात्मक स्वतन्त्रताको प्रतिनिधित्व गर्ने सक्दैन । अमेरिकामा संविधानले हरेक नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको छ । तर कूल जनसंख्याको १४ प्रतिशत मात्र रहेका अश्वेतहरुको जेलभित्रको संख्या ३७ प्रतिशतछ । उनीहरु कलेजमा जति छन्, त्यो भन्दा बढी जेलमा छन् । ६४ प्रतिशत जनसंख्या रहेको श्वेतहरुको संख्या कारावासमा रहेका अश्वेतहरुको भन्दा पांच गुणा कम छ ।

 

संविधानले दिएको स्वतन्त्रता व्यक्तिले भावनात्मक रुपमा ग्रहण गर्न नसक्दा यसको गलत प्रयोग हुन जान्छ । एउटी महिला स्वतन्त्रताको नाममा शारीरिक रुपले घर बाहिर निस्कनुलाई कसरी बुझ्ने ?  घरबाट बाहिर निस्कन पाउनु मात्र उनको स्वतन्त्रता हो र ?

 

यदि घर भित्रै उ मानसिक रुपले स्वतन्त्र छैन भने उसको हिंडडुल गर्ने अवसरलाई मात्र स्वतन्त्रता भन्न मिल्छरु स्वतन्त्रता मानसिकतामा नीहित हुन्छ । कविले लेख्न पाउनु स्वतन्त्रता हो । तर उसले के लेख्छ त्यो कुरा उसको बास्तविक स्वतन्त्रताको परिचायक हो ।

   
नेपालको संविधानले पनि कसैलाई भेदभाव गरेको छैन । नेपालमा तैपनि सामाजिक र आर्थिक विभेद कहाली लाग्दो छ । समस्या जातिको होईन, हरेक जाति, सम्प्रदाय र संस्कारको प्रतिनिधित्व गर्ने प्रत्येक व्यक्तिभित्र मौलाउने र आकार लिने धारणाको हो ।
 

सामाजिक संजाल एउटा बिशाल खड्कुलो हो । यसमा धेरै प्रकारका सिण्डिकेट्हरुको एउटा बिचित्र रंग र स्वादको खिचडी पाक्दैछ । यो खिचडीलाई विषाक्त हुनबाट रोक्नु आवश्यक छ ।
 

सिन्डिकेट फेसबुक सामाजिक संजाल जुनिता सुब्बा बिचार

विशेष