मनोरञ्जन

‘तरकारीवाली’लाई ‘लम्फू’ फिल्ममा अभिनय गराइयो

‘तरकारीवाली’लाई ‘लम्फू’ फिल्ममा अभिनय गराइयो

काठमाडाैं । तरकारीवालीकाे नामले सामाजिक संजालमा चर्चित बनेकी धादिङकी युवती कुशुम श्रेष्ठलार्इ फिल्ममा अभिनय गराइएकाे छ । अागामी शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र ‘लम्फू’ मा उनलार्इ अभिनय गराइएकाे हाे ।

 

सलोन बस्नेत, मरिस्का पोखरेल, चाँदनी शर्मा लगायत कलाकार सहित फिल्ममा कुशुमकाे पनि अभिनय छ । फिल्म युनिटका अनुसार तरकारीवालीको प्रसंग फिल्ममा प्रमूख विषय बनाइएकाे छ । अभिनेत्री कुशुम पनि  फिल्म प्रचारकाे लागि विभिन्न स्थानमा पुगेकी छन् ।

 

 

गोपालचन्द्र लामिछाने निर्देशक रहेकाे उक्त फिल्ममा कुशुमकाे प्रसंग अाम युवाकाे लागि राेचक विषय भएकाले प्रयाेग गरिएकाे बताइएकाे छ । साथै कुशुमले तरकारीवालीकै भुमिकामा भन्दा पनि फरक भुमिकामा अिभनय गरेकाे बताइएकाे छ । चलचित्रको बिषयमा बोल्दै निर्देशक लामिछानेले ‘लम्फू’ अाम दर्शकका लागि अन्तसम्ममा राेचक लाग्ने ठाेकुवा गरे । 

 

नायिका तरकारीवाली फिल्म लम्फु अभिनय

विशेष