निकिता पौडेलको उत्तेजित अभिव्यक्ति: राती–राती रेष्टुरेण्टमा मिटिङ बसेर एउटी महिलालाई नसिध्याउनुस् !
मन्त्रीज्यूसँग मैले के भनेँ र त्यस्तो ?
काठमाडाैं । बक्स अफिस लागु हुनुपर्ने ठुलो पक्ष एकातिर छ भने अर्काे तिर केही व्यवसायीहरू यो नियमलार्इ व्यवसायीमाथीकाे प्रहारकाे रूपमा लिएका छन् । यी दुर्इ पक्षकाे चपेटामा छिन् नेपाल चलचित्र बोर्ड अध्यक्ष निकिता पाैडेल ।
पछिल्लाे समय पाैडेललार्इ यस्तै विवादले दबाब दिएकाे छ । त्यसाे त उनले हालै अाफ्नाे फेसबुकमा लेखेकाे स्टाटसले पनि थप कुरा प्रष्ट पारेकाे छ । उनले आफ्नो स्टाटसमा चलचित्र क्षेत्रका व्यवसायी, पत्रकार तथा चलचित्रकर्मीहरुलाई लक्षित गर्दै चर्को आक्रोश पोखेकी छन् ।
साथै उनले उत्तेजित रुपमा आफ्नो बारेमा गलत प्रचार नगर्न आवेग पोखेकी छन् । केही व्यक्ति चलचित्र विकास बोर्डको अध्यक्ष बन्न लाईन लागेको भन्दै त्यस्ता व्यक्तिलाई पुरानो पुस्ताको व्यक्ति भएको शंकेत गर्दै अंकल तथा बुवाको संज्ञा दिएकी छन् । साथै युवा पत्रकारहरुलाई लक्षित गर्दै भाइहरु भनी सम्बोधन गरेकी छ्न ।
उनकाे अाक्राेषित स्टाटसलार्इ लिएर चर्चा गरिएकाे छ । पाैडेल अाफ्नाे फेसबुकमा लेखेकाे स्टाटस जस्ताकाे त्यस्तै यहाँ राखिएकाे छ ।
०००
म थोरै बोल्ने र धेरै काम गर्ने स्वभावकि मान्छे हु। तर बोल्न मात्र जनेकाहरुको भिड्ले मलाईपनि केहि बोल्न बाध्य पार्यो। म महिला भएका कारण कुनै सहानुभूति चाहन्न तर एउटि महिला माथी आफ्नो न्वारान देखिको बल लगाएर लागि परेका दाइहरु, अन्कलहरु, बुवाहरुदेखि दया लागेको छ, चित्त दुखेको छ।
अनि मैले नभनेको मात्र होइन, सोच्दा पनि नसोचेको कुरा, ठ्याक्कै पत्याउने शैलीमा लेख्ने कला भएका केही भाईहरु देखि झन दया लागेको छ। नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाइ महत्वोपुर्ण मैले कहिलेपनि मानेकी छैन, माननीय सन्चार राज्य मन्त्री ज्यु सङ मेरो भेट हुदा मैले कुन दिन हिन्दी सिनेमाको पक्षमा बोलेरु म यस्ता झुठा समाचार प्रति संचार मन्त्रालयकोपनि ध्यानाकर्षण गराउन चाहन्छु। र म यस्ता झुठा समाचार लेखाउन आफ्नो तन मन धन लगाउनेहरुलाई राम्ररी चिन्छु पनि ।
आफ्नो कार्यकालमा बक्स अफिसको नाम चाहिँ लिने तर गफ मात्र गर्ने,काम चाहिँ नगर्नेको राजनीतिक दौड पनि देख्दै छु। बा बा कत्रो चलखेल। तर म आफ्नो कार्यकाल यस्ता गफ र रेस्टुरेन्टहरुमा रातभर गरिने राजनीतिबाट अलग राख्न चाहन्छु। नेपाली सिनेमा प्रतिको मेरो लगाव,मेरो बुवा उद्धव पौडेलको समर्पण र हामी सम्लग्न संस्थाको योगदान, हिजो आएर ब्यापार मात्र गर्ने तर ज्यादै बोल्न खप्पिस केही हल संचालकहरुले मुल्यांकन गरेको देख्दा हासो उठ्छ ।
म त्यसता ब्याक्तीहरुलाई नेपाली सिनेमाको ईतिहास र त्यसमा हाम्रो योगदान, बिना पुर्वाग्रह खोज्न अनुरोध गर्दछु। मलाई राम्रो सङ थाहा छ, यहाँ कोहि राजनितीक पार्टीमा योगदान दिएको बिवरण बुझाउदै बिकाश बोर्डमा अध्यक्ष हुन लाइन लागेका छन,कोहि बक्स अफिस लगाएको क्रेडिट आफैले लिन मात्र मेरो बिरोध गर्दैछन,कसैलाई त म नजन्मिदै उद्ध्व पौडेल सङ परेको झगडाको रिस् पनि यहि मौकामा पोख्नु छ। म सबैलाई एक मुस्ठ भन्न चाहन्छु, म यहि क्षेत्रमा समर्पित सिनेमा साधक हु। मैले यहि क्षेत्रमा केही गर्छु भनेर मिडिया प्रोड्क्सन मा क्ष्लतभचलबतष्यल िडिग्री लीएकि हु ।
आफ्नो कार्यकालमा आफुले गर्ने सम्पुर्ण कार्य योजना, त्यसको कार्यान्वयनको खाका र आफ्नो भीजन मैले नेपाल सरकारलाई स्पष्ट रुपमा बुझाएकि छु । कसैको दवाब,डर धम्की वा प्रभावमा नपरी आफ्नो काम सम्पन्न गरेरै छाड्ने अठोट लिएर नै मैले यो जिम्मेवारी लिएकी हु। म दिन रात राजनीति गरेर, बेतालका गफ गरेर एक मिनेटपनि समय खेर फाल्न चाहन्न। आफ्नो कार्यकाल भित्र बक्स अफिस पुर्ण रूपमा लागू गराउने लगायतका केही महत्वोपुर्ण काम गर्न चहान्छु । यो मेरो ब्याक्तीगत रहरको कुरा मात्र होइन नेपाल सरकारको नीति हो। त्यो भन्दा ठुलो कुरा,बक्स अफिस सम्पुर्ण निर्माताहरुको माग हो र नेपाली चलचित्र जगतको आजको आवस्यकता हो ।
याद राख्नु होला,केही फुर्सदिला महानुभाबहरुको दाउपेचमा लागेर मेरो बिरोध गरिरहदा, बक्स अफिस लगाउन नदिने ब्याक्तीहरुले यसको भरपुर फाइदा उठाईरहेका छन। केही अन्लाईन न्युज पोर्ट्लहरु त्यस्ता ब्याक्ती र समूहले जे भन्यो त्यही न्युज सम्प्रेषण गरिरहेका छन। आफ्नो कलम त्यसरी कौडिको भाउमा नबेच्न म केही पत्रकार मित्रहरूलाईअनुरोध गर्दछु। मेरो पक्षमा लेख्नु भन्न खोजेको होइन खाली बुझेर लेखिदिनु होला भन्न चाहन्छु। चलचित्र बिकाश बोर्ड नेपाली निर्माताहरुको पक्षमा त छँदैछ, त्यो भन्दापनि माथी सम्पुर्ण नेपाली फिल्म ईन्ड्स्ट्रीको उत्त्थान र उन्नतिमा समर्पित छ। नेपाल सरकार बक्स अफिस लागू गर्न कुनैपनि किसिमको सहयोग गर्न तयार रहेको कुरा माननीय मन्त्रीज्युले मलाई पटकपटक बताउनु भएको छ ।
त्यसैले बेकारको गफ र बेअर्थको राजनीतिमा खर्च गर्ने समय अफ्नो सिनेमाको स्क्रिप्ट, काष्ट, कृयशन, कृयटिभ आईडियामा खर्च गरौ । यसले नेपाली सिनेमाको स्तर बड्छ । रात रात भर सहरका रेस्टुरेन्टमा बसेर एक महिलालाई कसरी सिध्याउने भन्ने मिटिङ नबस्नुस् । यसको आवश्यकता नै छैन । म जीवन भर बिकाश बोर्डमा हुने होइन तर जति समय रहन्छु, केही उल्लेख्य काम गरेरै छाड्छु । अब यो लेखको शब्द शब्द केलाएर, अनेक अर्थ निकालेर मिटिङ माथी मिटिङ गरेर, थरी थरी प्लान गर्ने कष्ट नगरि दिनुहोला प्लिज । सङै मिलेर केही गरौ न, हुन्नरु बरु भन्नुहोस्, सबै पक्षको हितका लागि हामी सबै एकै ठाउमा कहिले र कहाँ बस्नेरु चलचित्र बिकास बोर्डको ढोका भने सबै बिषयमा, सबैकालागि, सधै खुल्ला छ।
विवाद चलचित्र विकास बाेर्ड निकिता पाैडेल