स्वास्थ्य

गाउँघरमा पाइने ११ जडिबुटी, जसले धुम्रपान छुटाउनेदेखि क्यान्सरसम्म निकाे पार्छ

गाउँघरमा पाइने ११ जडिबुटी, जसले धुम्रपान छुटाउनेदेखि क्यान्सरसम्म निकाे पार्छ

कहिलेकाहीँ हामीलाई सामान्य चोटपटकहरू लाग्न सक्छन् । गाउँघरमा चोटपटक लाग्नेविितकै सहजै औषधीहरू नपाउन सक्छन् । त्यतिवेला हामीले गाउँघरमै पाइने जडिबुटीहरुको प्रयोग गरेर प्राथमिक उपचार गराउन सक्छौँ ।

`

ति जडिबुटी गाउँघरमै भएपनि त्यसको महत्वबारे कतिपयलाई थाह नहुन सक्छ । यसका लागि  जानिराखौँ केही जडिबुटीहरूबारे जुन सहजै  हाम्रो गाउँघरमा प्रयोग गर्न सक्छौँ ।

 


भृङ्गीराजः यसको पुरै बोटलाई छायाँमा सुकाएर पिस्ने र ५–६ ग्राम भृङ्गीराज चूर्णलाई मनतातो पानी वा दुधसँग दिनको दुईपटक दुई हप्तासम्म सेवन गर्नाले रक्तविकार, चर्मरोग, टाउको दुख्ने, कलेजोसम्बन्धि रोग निको हुनुको साथै उच्च रक्तचापका रोगीहरुको लागि अति गुणकारी मानिन्छ ।

 

त्यस्तै यसको पुरै बोटलाई ताजै पिंधेर एक गिलास रस बनाउने र त्यसलाई एक पाथी मिश्री पानीमा मिलाएर एक महिनासम्म दैनिक सेवन गर्नाले जण्डिस रोग निको हुन्छ ।

 

 


भुइँअमलाः भुइँअमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ ।

 


भलायोः सुकेको भलायोको बीउलाई पिंधेर धुलो पार्ने र २–३ ग्राम भलायो चूर्णलाई नरिवलको घिउसँग मिलाएर सेवन गर्नाले पेटसम्बन्धी सम्पूर्ण रोगहरु निको हुन्छ । यसले पेटको जुका मार्छ । शक्ति प्रदान गर्छ । वीर्यको मात्रालाई बढाउँछ । 

 


लघुपत्रः यसको केही जराहरुमा थोरै बिरेनुन, भुटेको ज्वानो, जिरा मिलाएर पिध्ने र यसरी पिंधेर तयार पारिएको धुलोमध्ये २–३ चम्चा धुलोलाई कागती मिश्री पानीमा मिलाएर नियमित दिनको २–३ पटक सेवन गर्नाले दिसा कब्जियत हुने र गोटा आदि हुने रोग निको हुन्छ । यसको नियमित सेवनले कलेजोलाई सक्रिय पार्छ । क्यान्सर रोगमा लाभ हुन्छ । 

 


लुँडे (लौँडे): लौंडेको मुन्टालाई तरकारीको रुपमा प्रयोग गर्नाले वा यसको जरा र मुन्टालाई थिचेर रस निकाली बिहान बेलुका चौलानी पानीसँग खानाले रक्तप्रदर, रक्तविकार र यौनजन्य संक्रमणबाट बच्न सकिन्छ । साथै यसको रसले यौनाङ्ग धुनाले राम्रो फाइदा गर्छ ।

 


शिवलिङ्गीः यसको १०–१५ वटा फलको तरकारी पकाएर दुई हप्तासम्म खानाले पेटलाई सफा राख्छ । पेटको गर्मी हटाउँछ । पाकेको केरामा शिवलिङ्गीको बीउ मिलाएर खानाले पुत्र प्राप्ति हुन्छ भन्ने भनाई पनि छ ।

 

बकाइनोः यसको फल, पात वा बोक्रालाई पिसेर लेदो बनाई लुतो–घाउ खटिरा आएको ठाउँमा लगाउने वा बकाइनो चूर्णलाई मनतातो पानी वा दुधसँग मिलाएर नियमित पिउनाले विभिन्न प्रकारका चर्मरोग ठिक हुन्छ । यसको प्रयोगले महिलाहरुको शिथिल गर्भाशयलाई दह्रो बनाउँछ । पेटको जुका मार्छ ।

 


सुनपातिः यसको पातलाई सुकाएर वा ताजै पातलाई मुखमा राखेर बिस्तारै चुसीरहनाले धुम्रपानको लतलाई छोडाउन विशेष मद्दत गर्छ । धुम्रपान सेवन गर्नेहरुको लतलाई मेटाउँछ । धूप र सुगन्धित तेल उत्पादनको लागि यो अति नै उपयोगी छ । 

 


सिस्नोः सिस्नोको मुल जरा, पात वा मुन्टालाई काँचै पिधेर रस निकाली दैनिक पिउनाले वा यसका ताजा पात वा मुन्टालाई तरकारीको रुपमा पकाई खानाले रक्तअल्पता, पिसाव तथा पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा राम्रो फाइदा पुर्याउँछ । आँखा तथा छालालाई सुन्दर राख्दछ । 

 


यार्सागुम्बाः यो दुर्गम हिमाली जिल्लाको पाखा–पखेरा हिउँमुनि पुरिएर रहने एक प्रकारको लाभे्र किरामा ढुसी लागेर उम्रिने च्याउ हो । यसको टुप्पो खैरो र फेद फिका पहेंलो हुन्छ । अत्यन्तै शक्तिबद्र्धक र यौन क्षमता बढाउने, यो वनस्पति मानव जीवनको लागि सञ्जीवनी बुटि नै सावित भएको छ ।

 

बिहान बेलुका मह मिलाएको दुधसँग एक–एक वटा यार्सागम्बा खाने हो भने यसले हेपाटाइटिस बि भाइरसलाई समेत नष्ट गरिदिन्छ । अत्याधिक यौन शक्ति पैदा गर्छ ।

 

फोक्सो र मिर्गाैलाको क्यान्सरलाई निको पारी शरीरका सम्पूर्ण अंगहरुलाई सवल र सक्षम बनाउँछ । वृद्धहरुलाई जवान बनाउँछ । चाउरिएका छालालाई पुष्ट बनाउँछ ।

 


शंखपुष्पीः यसको पुरै बोटलाई पिसेर निकालिएको रसमध्ये दुई चम्चा जति रसलाई गाईको दुधसँग बिहान–बेलुका सेवन गर्नाले मुहारमा नयाँ कान्ति छाउँछ । स्मरणशक्ति बढ्छ र मानसिक रोगहरुमा लाभ गर्दछ । 

 

जडिबुटी

विशेष